जेन–जीहरूको प्रदर्शनका क्रममा मृत्यु भएका चार युवाहरूको पशुपतिमा अन्त्येष्टि

शनिबार, भदौ २८, २०८२

काठमाडौं । जेन–जीहरूको प्रदर्शनका क्रममा मृत्यु भएका युवाहरूको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आन्दोलनको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएको चारजना युवाहरुको परिवारले शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरेका हुन् । त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरूले उनीहरूको अन्तिम बिदाइ गरेका हुन् ।  गत सोमबार र मंगलबार भएको प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ५१ पुगेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार