पोखरामा निषेधाज्ञा र कर्फ्यु हटाइयो 

शनिबार, भदौ २८, २०८२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाका विभिन्न स्थानहरुमा लगाइएको निषेधाज्ञा र कर्फ्यु आदेश हटाएको छ ।  शनिबार एक सूचना जारी गर्दै बिहान ९ बजेदेखि लागू हुनेगरी पोखराका विभिन्न स्थानहरुमा लगाइएको निषेधाज्ञा र कर्फ्यु आदेश हटाएको हो ।  प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा शान्ति सुव्यवस्था र पारस्पारिक सद्भावलाई कायम राख, सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई आवश्यक सहयोग गर्न, जनजीविकालाई सामान्यीकरण गर्दै लैजान जिल्लाबासीमा अनुरोध समेत गरेकी छन् ।  ‘जिल्लामा शान्ति सुव्यवस्था र पारस्पारिक सद्भावलाई कायम राख, सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई आवश्यक सहयोग गर्न, जनजीविकालाई सामान्यीकरण गर्दै लैजान, सार्वजनिक सेवालाई सुचारु गर्न र बजार व्यवस्थालाई क्रमिक रुपमा चलायमान बनाउनको लागि सबै सरकारी निकाय, निजी क्षेत्र, राजनीतिक दल, संघ संस्था, मानवअधिकारकर्मी, संचारकर्मी, नागरिक समाज, विभिन्न टोल समुदाय लगायत सरोकारवाला सम्पूर्ण पक्षहरुले आवश्यक समन्वय र सहजीकरण गरिदिनुहुन जिल्ला सुरक्षा समिति, कास्की हार्दिक अनुरोध गर्दछ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

Photo-(70)-1757742727.jpg
 

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  ११:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार