फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन

दलका नेताहरूको अकरमन्यताका कारण अल्पायुमै विघटन भयो प्रतिनिधिसभा
शनिबार, भदौ २८, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेका छन् । शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन् । कार्कीले गरेको विघटनको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेका छन् । त्यस्तै, फागुन २१ गतेका लागि चुनावको मिति समेत तोकिएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले चुनावको मिति घोषणा गरेका हुन् । सुरुमा प्रधानमन्त्रीको शपथ गर्ने र त्यसपछि प्रतिनिधिसभा विघटन गर्ने सहमति भएपछि कार्की सहमत भएकी थिइन् । लगत्तै, राष्ट्रपति पौडेलले शपथ गराएका हुन् । गत सोमबार र मंगलबार युवा पुस्ता (जेन–जी) को आन्दोलनको बलमा कार्की प्रधानमन्त्री नियुक्त भएकी हुन् । उनलाई प्रधानमन्त्री नियुक्त गर्न जेनजीहरूले सञ्जालमै छलफल गरेका थिए । सो छलफलपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि कार्कीको नाममा समर्थन जनाएका थिए ।
 

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  ०७:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार