सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । काठमाडौं महानगरले जेन–जी आन्दोलनका क्रममा अकालमै ज्यान गुमाएका व्यक्तिहरूको शव व्यवस्थापन, परिवारजनलाई काठमाडौंसम्म ल्याउन यातायात सुविधा, बस्ने व्यवस्था तथा शवलाई घरसम्म पुर्याउन शव वहानको व्यवस्था गरेको छ । त्यसैगरी, आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा उपचारपश्चात घर फर्किन यातायात व्यवस्थापनसहित आवश्यक सहजीकरणका लागि महानगरपालिकाले विशेष टिम परिचालन गरेको छ। । विशेष टोलीका सदस्यहरुमा जगदीश अर्याल, विज्ञान घिमिरे र ईश्वर वाग्ले रहेका छन् । ‘हामी यस दुःखद घडीमा पीडित परिवारजनका साथ छौँ,’ महानगरपालिकाका एक अधिकारीले भने– ‘हाम्रो पहिलो प्राथमिकता भनेको पीडितलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउनु हो ।’महानगरपालिकाले पीडित परिवारलाई सहयोग गर्नका लागि सम्पर्क नम्बरहरू उपलब्ध गराएको छ ।