नेपाली सेना मंगलबार रातिदेखि नै नागरिकको सुरक्षाका लागि तैनाथ 

बुधबार, भदौ २५, २०८२

काठमाडौं । आन्दोलनका नाममा लुटपाट र आगजनी रोक्न मंगलबार राति १० बजेबाट नेपाली सेना परिचालन भएको छ । हालको विषम परिस्थितिको फाइदा उठाउँदै केही समूहहरूले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा अत्याधिक क्षति पुर्‍याउने, लुटपाट एवम आगजनी गर्ने कार्य भइरहेकाले संयमित हुन सेनाले आग्रह समेत गरेको छ ।  यस्ता किसिमका गतिविधि नरोकिएसम्म नेपाली सेनासहित सम्पूर्ण सुरक्षा निकाय सुरक्षाका लागि स्थिति नियन्त्रण लिन मंगलबार राति १० बजेबाट तैनाथ रहेको सेनाले एक सूचनामार्फत जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  ०८:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार