रौतहटमा पनि जेनजी युवाहरुले टायर बाले

मंगलबार, भदौ २४, २०८२

रौतहट ।  रौतहटको विभिन्न स्थानमा मंगलवार बिहानदेखि नै जेनजी युवाहरुले टायर बालेर प्रदर्शन गरेका छन । जेनजी युवा पुस्ताले भ्रष्टाचार सहितका बेथितीका विरुद्ध गरिरहेको प्रदर्शनमा सोमबार भएको सरकारी दमनका विरुद्ध  प्रदर्शन गरिएको हो । चन्द्रपुर, गौर ,गरुडा सहितका क्षेत्रमा भेला भएका उनीहरूले सरकार र प्रहरी प्रशासन विरुद्ध चर्को नाराबाजी गरिरहेका छन । जेनजी आन्दोलनका कारण राजमार्गको यातायात पनि प्रभावित भएको छ । जेनजी प्रदर्शनलाई मध्यनजर गर्दै रौतहट प्रहरीले सुरक्षा व्यवस्था कडा बनाइएको छ । यहाँको मुख्य चोक चोकमा बक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ  । जेनजीको प्रदर्शन छिटफुट वाहेक कुनै  किसिमको अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ११:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार