सोसल मिडिया
Contact Us
युनिकोड
बाजुरा । जिल्ला कारागार बाजुराको भवनको पुनः निमार्ण नहुँदा जीर्ण बनेको छ । कारागारको भवन पुरानो र अर्को कुनै नँया भवनको निमार्ण नहुँदा उक्त भवन जीर्ण बनेको हो । जीर्ण भएको कारागार भवनमा क्षमता भन्दा बढी कैदीबन्दीहरु राखिएका छन । कैदीबन्दीहरुलाई राख्नको लागी अन्य ठाउँको उचित व्यवस्थापन नभएका कारण जीर्ण भवनमा कैदीबन्दी राख्नु परेको कारागारका प्रशासक अनिल कुमार तिवारीले बताए । उनका अनुसार कारागारको क्षमता २५ जनाको भए पनि अहिले ६५ जना कैदीबन्दी राखिएको छ । कैदीको सङ्ख्या बढ्दै जाँदा जीर्ण भवनमा कैदीबन्दीको व्यवस्थापनमा सकस भएको तिवारीको भनाइ छ । २०३७ सालमा निर्माण भएको बाजुराको कारागार भवन झण्डै ४५ वर्ष पुगिसक्दा पनि नयाँ भवनको रुपमा विस्तार हुन सकेको छैन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा अहिले उनीहरुलाई सुत्न र बस्न निकै समस्या हुने गरेको छ । त्यति मात्र नभई क्वार्टर समेत नहुँदा सुरक्षाकर्मीलाई समेत समस्या हुने गरेको छ । कैदीबन्दीहरु राखिएको भवनमा भुकम्प तथा अन्य बिपतको बेला बस्न लाएक नहुने गरेको कारागारमा बस्दै आएका कैदीबन्दीको गुनासो रहेको छ । सुदूरपश्चिमका ९ वटा कारागारमा जम्मा ६३२ जना कैदी राख्ने क्षमता भए पनि कुनै ठाँउमा भवनको अवस्था जीर्ण रहे पनि क्षमता भन्दा बढी कैदीबन्दी राख्नु पर्ने अवस्था छ । तिवारीका अनुसार कारगारको नयाँ भवनका लागि टेन्डर खुलाइसकेकोले छिट्टै नयाँ भवन निर्माणको काम थालनी हुने बताएका छन्। नयाँ भवन निर्माण भएपश्चात कैदीबन्दीहरुलाई सहज रुपमा व्यवस्थापन गर्न सकिने उनले बताएका छन्।