सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिकाले चालु आ.व. २०८२–०८३ को सम्पत्ति कर, मालपोत कर असोज मसान्त भित्र बुझाए नगरवासीलाई १० प्रतिशत छुट दिने भएको छ । ललितपुर महानगरको राजस्व महाशाखाले एक सूचना जारी गर्दै चालु आ.व. २०८२–०८३ को सम्पत्ति कर, मालपोत करमा छुट दिइने जानकारी दिएको छ । करदाताहरूलाई महानगरले आ.व. २०८१–०८२ को बक्यौता कर (सम्पत्ति कर, मालपोत कर, वहाल कर) आ.व २०८२–०८३ असोज मसान्त भित्र नबुझाएमा १५ प्रतिशत जरिवाना लाग्ने पनि जनाएको छ । महानगरको राजश्व महाशाखाले आ.व. २०८१–०८२ को बक्यौता कर (सम्पत्ति कर, मालपोत कर, वहाल कर) आ.व. २०८२–०८३ असोज मसान्त भित्र नबुझाएमा १५ प्रतिशत जरिवाना लाग्ने जानकारी गराएको छ ।