मिथिलाञ्चल क्षेत्रमा चौठचन्द्र (चौरचन) पर्व मनाइयो

मंगलबार, भदौ १०, २०८२
Global Ime Bank

जनकपुर । मधेश प्रदेशसहित मिथिलाञ्चल क्षेत्रका महिलाहरुले परम्परागत श्रद्धा र विश्वासका साथ चौठचन्द्र (चौरचन) पर्व मनाएका छन् । यस पर्वमा विवाहित मिथिलानी महिलाले आफ्नो सन्तानको दीर्घायु, स्वास्थ्य र परिवारको सुख–समृद्धिका लागि व्रत बस्ने गर्छन् । परम्पराअनुसार महिलाहरू दिनभर निराहार रही बेलुकी चन्द्रमा उदाएपछि पूजा–अर्चना गरी अघ्र्य अर्पण गर्छन् । मान्यता अनुसार चौठचन्द्रको व्रतले सन्तानलाई रोग–व्याधिबाट रक्षा गर्ने र घरमा शान्ति–समृद्धि ल्याउने विश्वास छ । आजको दिन मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरू समूहगत रूपमा भेला भई कथा सुन्ने, गीत गाउने र धार्मिक क्रियाकलापमा सहभागी हुने परम्परा अझै जीवित रहेको छ । केही स्थानमा यस पर्वलाई गणेश चतुर्थीसँग पनि जोडेर पूजा गर्ने चलन रहेको छ । सन्तानको कल्याण र मातृभक्तिले भरिएको यो पर्वले सांस्कृतिक ऐक्यबद्धता र सामुदायिक मेलमिलापलाई समेत सुदृढ बनाउने विश्वास गरिन्छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  १९:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार