आज कृष्ण जन्माष्टमी : हिन्दु धर्मावलम्वीहरूले धुमधामका साथ मनाउँदै 

शनिबार, साउन ३१, २०८२
Global Ime Bank

काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी पर्व संसारभरका हिन्दु धर्मावलम्वी र कृष्णका भक्तहरूले भगवान् कृष्णको पूजा आराधना गरी मनाउँदै छन् । हिन्दु धर्मावलम्वीहरूले आज भगवान कृष्णको जन्मदिवस धुमधामका साथ मनाउने गरेका छन् ।  कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट आजैको दिन कृष्णको जन्म भएको मान्यता रहिआएको छ । कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाहीँ साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । कृष्णका कथाहरू र घटनाहरू बृन्दावन, मथूरा र यमुना किनारमा मात्र नभई सम्पूर्ण भूलोकमैं चर्चित छन् । उनी सम्पूर्ण रुपमा आफ्नो व्यक्तित्वका कारण सबैलाई आकर्षण गर्नसक्ने दिव्य व्यक्तिका रुपमा अझै पनि चर्चित छन् । कृष्णलाई गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदि थुप्रै नामबाट पनि पुकारिन्छ । 

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  ०८:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार