विराट् ज्ञान महायज्ञमा देवी प्रतिभा र रवि ओडले दिए प्रस्तुति

शनिबार, साउन २४, २०८२

काठमाडौं । संकट मोचन विराट् ज्ञान महायज्ञ २०८२ को २५ औं दिनमा कथा वाचिका देवी प्रतिभा र गायक रवि ओडले पशुपतिनाथ क्षेत्रमा उपस्थित भक्तजनलाई भजनमार्फत रमाइलो गराएका छन् । उनीहरूले श्रद्धालुहरूलाई भक्तिभावमा डुबाउने विभिन्न भजन प्रस्तुत गरेका छन् । उपस्थित भक्तजनहरू उनीहरूको सुमधुर स्वरमा झुमेका थिए । श्रावण महिनाभरि चल्ने यो विराट् ज्ञान महायज्ञले धार्मिक चेतना जागृत गर्नुका साथै सांगीतिक कार्यक्रममार्फत भक्तजनलाई आकर्षित गर्दै आएको छ । महायज्ञ श्रावण महिनाको अन्त्यसम्म निरन्तर सञ्चालन हुनेछ ।

Photo-(21)-1754743368.jpg
 

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  १८:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार