सुनचाँदीको मूल्य घट्यो

बिहीबार, साउन १५, २०८२
Global Ime Bank

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार २ हजार ३ सय १० रुपैयाँमा कारोबार  भएको चाँदी आज तोलामा ४० रुपैयाँले  घटेर २ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  १३:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार