इन्ड्राइभले गर्‍यो प्याटिनम ड्राइभर गिभवोए प्राइज ह्याण्डओभर

बुधबार, साउन १४, २०८२
Global Ime Bank

काठमाडौं । इन्ड्राइभले प्याटिनम ड्राइभर गिभवोए प्राइज ह्याण्डओभर गरेको छ । बुधबार काठमाडौंमा कार्यक्रम सन्चालन गर्दै  इन्ड्राइभले राइडरहरुले यात्रुहरु प्रति दिएको सेवा सुविधाका साथै एप्सलाई दिएको योगदानलाइ सम्मान दिनको लागि प्याटिनम ड्राइभर गिभवोए प्राइज ह्याण्डओभर गरेको छ ।  प्राइज ह्याण्डओभरमा ग्राण्ड प्राइज विजेता मध्ये एकजना कार राइडरलाई कार र बाइक राइडरलाई बाइक उपहार दिएर सम्मान गरिएको इन्ड्राइभ नेपालकि चालक सञ्चालक विशेषज्ञ सुनिता जेमि राईले बताएकि छन् ।  राइडरले ३० जुन देखि १३ जुलाईसम्म सबैभन्दा धेरै राइड गर्नेलाई छानेर प्राइज दिएको उनले बताइन् । उनले कार विजेता र बाइक विजेताको ट्याक्स भने कम्पनिले नै बेर्होने बताएकि छन्  । साथै उनले राइडरले प्याटिनुम स्टाटस मेन्टेन गरे वापत  ५ जना राइडरलाई स्र्माट फोन, १० जना राइडरलाई एयरवर्ड, र १० जना राइडरलाई स्मार्ट घडि प्रदान गरेको पनि बताइन् ।  ‘राइडरहरुले यात्रुहरु प्रतिगरेको सेवा र उहाँहरुलाई दिनुभएका सुविधाका साथै एप्सलाई दिनुभएको योगदानलाइ सम्मान दिनको लागि प्याटिनम ड्राइभर गिभवोए  गरेका थियौँ । ड्राइभर गिभवोए  चाँहि हाम्रो ३० जुन देखि १३ जुलाईसम्म भएको थियो । जहाँ हामीले ३ हप्ताको लागि गरेका थियौँ । हरेक हप्ता हामीले ५ जनालाई स्र्माट फोन, १० जनालाई एयरवर्ड, र १० जनालाई स्मार्ट वाच प्रदान गरेका थियाैँ ।  त्यो प्राप्तगर्न उनिहरुले प्याटिनुम स्टाटस मेन्टेन गर्नु पर्ने थियो,’ उनले भनिन् । ‘त्यस्को लागि उनिहरुलाई सिमित राइड दिएको हुन्छ त्यो कम्पिट राइड भएपछि उहाँहरुले जित्नुहुने छ । ग्राण्ड प्राइज कार ड्राइभरको लागि टाटा एक्सपे्रस टिभि, दुइ पांग्रे सवारीको लागि टिभिएस वाइक प्राइज राखेका थियौँ । ग्राण्ड प्रइज विजेता हुनको लागि राइडरले त्यो समयभित्र जति धेरै राइड त्यति धेरै जित्ने मौका अन्तर्गत प्रइज जितेका थिए । कार विजेता र बाइक विजेताको ट्याक्स कम्पनिले नै तिरिदिने छ ।’

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १८:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार