सातदोबाटोको सप्तेश्वर महादेव मन्दिरमा शिव महापुराण प्रारम्भ

सोमबार, साउन १२, २०८२
Global Ime Bank

ललितपुर । ललितपुर महानगरपालिकाको सातदोबाटोस्थित सप्तेश्वर महादेव मन्दिरमा शिव महापुराण सुरु भएको छ ।  साउनको दोस्रो सोमबारको अवसरमा कलश यात्रासँगै शिव महापुराणको सुरुवात गरिएको पण्डित बिजय सिंहले जानकारी दिए । उनले साउनको महिना शिवको महिना भएको भन्दै यहाँ वेलपत्र अर्पण गर्ने, तुलादान गर्ने, हवन आदी धार्मिक कर्महरु गरिने बताए ।  उनले भने, ‘आज कलश यात्रासँगै कथा वाचनको प्रारम्भ पनि हुनेछ । श्रावणको महिना मासहरुको मास उत्तम मास श्रावण मासमा शिवजीको अत्यन्तै महत्व छ । श्रावण महिनामा १२ गतेबाट २१ गतेसम्म शिव महापुराण आयोजना गर्दैछौ । हामीले वेलपत्र अर्पण गर्ने, तुलादान गर्ने, हवन आदी कर्महरु गर्ने इत्यादी धार्मिक कर्महरु गछौं । हाम्रा कलाकारहरुबाट भजन प्रस्तुत गर्नेछौ ।’   यो शिव महापुराण साउन १२ गतेबाट २१ गतेसम्म चल्नेछ । 

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १२:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार