नागदहमा लाग्ने नागपञ्चमी मेलामा सहभागी हुन वडा कार्यालयकाे आह्वान (भिडियो)

शनिबार, साउन १०, २०८२
Global Ime Bank

धापाखेल(ललितपुर) । ललितपुर महानगरपालिका–२४ स्थित धापाखेल नागदहमा मंगलबार लाग्ने नागपञ्चमी मेला भर्ना श्रद्धालु भक्तजनहरूलाई वडा कार्यालयले आह्वान गरेको छ । हरेक वर्ष श्रावण शुक्लपक्ष पञ्चमी तिथिका दिन नागदहमा नागपञ्चमी मेला लाग्ने गर्दछ ।  ललितपुर महाननगरपालिका २४ नं. वडाका वडाअध्यक्ष दिनेशजंग पाण्डेले नागदहमा लाग्ने नागपञ्चमी मेलामा सहभागी हुन ललितपुर महानगर पालिकाका सम्पूर्ण जनप्रतिनिधि–कर्मचारी, ललितपुरका सरकारी कार्यालयका प्रमुखहरूलाई मेलामा सहभागी भई बासुकी नागको दर्शन गर्न आह्वान गर्नु भएको हो ।  नागपञ्चमी मेलालाई व्यवस्थित बनाउन वडा कार्यालयले महिला समूहका पदाधिकारी तथा सरोकारवालासँग आज शनिबार छलफल गरेको थियो । छलफलपछि मेला भव्य एवम् व्यवस्थित तरिकाले सम्पन्न गर्न विभिन्न व्यक्ति तथा संघ संस्थाहरूलाई जिम्मेवारी पनि दिइएको छ । जलपा माविका स्काउट विद्यार्थी, महिला समूहका पदाधिकारी, नगर प्रहरी तथा सुरक्षाकर्मीको सहयोगमा मेला व्यवस्थापन गरिने ललितपुर महानगर २४ नं वडाका वडाध्यक्ष पाण्डेले बताउनुभयो  यसपटकको नागपञ्चमी मेला वडा कार्यालयको संयोजनमै हुने जानकारी दिँदै उहाँले मन्दिर सजावट, बजार व्यवस्थान, भजनकिर्तनसहितका अलग अलग विषयका लागि अलग अलग जिम्मेवारी दिइएको बताउनुभयो ।  धापाखेलस्थित नागदहमा बाजागाजा तथा झाँकीसहित बासुकी नागको पूजा तथा आराधना गर्ने गरिन्छ ।

521560152_24012407731743045_1366412514432444676_n-1753520539.jpg
 

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  १४:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार