सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिकाले आज शोक विदा दिएको छ । पूर्वनगर प्रमुख बुद्धिराज बज्राचार्यको निधनमा महानगरले सूचना प्रकाशित गरी शोक विदा दिएको हो । बज्राचार्यको हिजो (शनिबार) ८९ वर्षको उमेरमा निधन भएको थियो । महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै, ‘उहाँले यस महानगरपालिका र समाजसेवामा पुर्याउनु भएको योगदानको उच्च सम्मान गर्दै यस कार्यालयको मिति २०८२/४/४ गतेको निर्णयअनुसार आज मिति २०८२ साल श्रावण ४ गते आइतबारका दिन ललितपुर महानगरपालिका र अन्तर्गतका कार्यालयहरूमा अत्यावश्यक सेवा वाहेकमा शोक विदा रहने व्यहोरो सूचित गरिन्छ ।’ ‘महानगरका पूर्व प्रमुख बज्राचार्यको असामयिक निधन भएकोमा महानगरपालिका परिवार उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ’ प्रमुख प्रशासकीय अधिकृत दासको शोक विज्ञप्तिमा उल्लेख छ । विभिन्न कालखण्डमा बज्राचार्यले ललितपुर महानगरको नगर प्रमुखको जिम्मेवारीमा रहेर शहरको विकासमा योगदान पुर्याएका थिए ।