धापाखेलको चौतारामा आजदेखि खोप क्लिनिक तथा गाउँघर क्लिनिक सञ्चालन (भिडियो) 

शनिबार, साउन ३, २०८२
Global Ime Bank

चौतारा (धापाखेल) । ललितपुर महानगरपालिका २४ नं. वडा कार्यालय अन्तर्गतको धापाखेल स्वास्थ्य चौकीले आजदेखि खोप क्लिनिक तथा गाउँघर क्लिलिनक सञ्चालन गरेको छ । महानगर २४ नं. वडा अन्तर्गत (साविक ३ नं.) मा पर्ने चौतारास्थित जाल्पा धर्मशालामामा आजदेखि खोप क्लिनिक तथा गाउँघर क्लिनिक सञ्चालन गरिएको हो । ललितपुर महानगरपालिका २४ नं. वडाका वडाअध्यक्ष दिनेश जंग पाण्डेले खोप क्लिनिक तथा गाउँघर क्लिनिकको शुभारम्भ गर्नुभयो । धापाखेल स्वास्थ्य चौकी प्रमुख जनस्वास्थ्य निरीक्षक लोचना घिमिरेले खोप क्लिनिक तथा गाउँघर क्लिनिक स्थापना तथा सञ्चालन तालिकाबारे जानकारी दिँदै अवदेखि प्रत्येक महिनाको ३ गते खोप क्लिनिक सञ्चालन हुने बताउनुभयो । स्वास्थ्य संस्था भन्दा टाढा रहेका बस्तिहरूमा स्वास्थ्य सेवा प्रदान गर्न गाउँघर क्लिनिक सेवा सञ्चालन गर्न सकिने स्वास्थ्य मन्त्रालयको कार्यविधिअनुसार नै यो क्लिनिक सुरुवात गरिएको जनस्वास्थ्य निरीक्षक घिमिरेले त्यस अवसरमा जानकारी गराउनु भयो ।  गाउँघर क्लिनिक मासिक रुपमा एक पटक सञ्चालन गर्नुपर्ने तथा आवश्यकता भएमा धरै पटक तथा थप स्थानमा पनि सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो । 

Gau-1752932281.jpg
गाउँघर क्लिनिकको शुभारम्भ गर्दै वडाअध्यक्ष पाण्डेले वडाले यो आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा दूरगामी प्रभाव छाड्ने हिसाबका कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जनाउँदै छिट्टै धापाखेल स्वास्थ्य चौकीमा ल्याब स्थापना गर्न वडा कार्यालयले पहल गर्ने जानकारी दिनुभयो ।  गर्भावती तथा सुत्केरी महिलालाई दिइँदै आएको पोषणा भत्तालाई बृद्धि गरी ३ हजार रुपैयाँ गर्ने तयारी वडा कार्यालयले गरिरहेको जनाउँदै उहाँले स्वास्थ्य चौकी र वडा कार्यालयको सहकार्यमा स्वास्थ्यका अन्य महत्वपूर्ण अघि बढाइने बताउनुभयो । अघिल्लो आ.व.मा वडा कार्यालयले गर्भवती तथा सुत्केरी महिलालाई २५ सय रुपैयाँ पोषण भत्ता दिएको थियो ।  खोप क्लिनिक तथा गाउँघर क्लिनिक सञ्चालनका अवसरमा वडासदस्यहरू इन्द्रा श्रीश, उद्धब बस्नेत र हरिकृष्ण महर्जनको उपस्थिति रहेको थियो । यस्तै महिला स्वास्थ्य स्वयम सेविक, टोल हेल्थ प्रमोटर (टिएचपी)सहित स्वास्थ्य कार्यान्वयन समितिका सदस्यहरूको पनि उपस्थिति रहेको थियो ।

khop-1752932290.jpg
G-ghar-1752932290.jpg
 

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  २०:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार