‘मेरो जीवनयात्रा’ लिएर आइन राजनीतिकर्मी तथा समाजसेवी नर्बदा पोखरेल 

मंगलबार, असार ३१, २०८२
Global Ime Bank

काठमाडौं । शिक्षासेवी नर्बदा पोखरेलको ‘मेरो जीवनयात्रा’ नामक पुस्तक सार्वजनिक भएको छ । नेपाल शिक्षक संघकी पूर्वकेन्द्रीय उपाध्यक्ष तथा कांग्रेस महासमिति सदस्य पोखरेलको उक्त पुस्तक एक समारोहबीच लोकार्पण गरिएको हो ।  आफ्नो शिक्षण जीवनको ४० बर्ष र त्यो भन्दा अगाडिको विद्यार्थीकालिन जीवन, डेराको संघर्षशील जीवनमार्फत् अध्ययन अध्यापन गरेकी उनी पछिल्लो समय राजनीति र समाजसेवामा समेत अग्रसर छिन् । आफ्नै जीवन संघर्षका विषयमा पुस्तक केन्द्रित रहेको छ ।  पुस्तकको लोकार्पण गर्दै कांग्रेस महामन्त्री एवम् प्रतिनिधिसभाका सांसद गगन कुमार थापाले पोखरेलको जीवन संघर्षको बारेमा सम्मान प्रकट गरे । पोखरेलजस्ता हजाराैँ मन सफा रहेका, मेहनति कार्यकर्ता नै नेपाली कांग्रेसका बलिया स्तम्भ रहेको जिकिर गर्दै उनले शुभकामना दिएका थिए ।  श्रीमान्, छोराछोरी र परिवारको साथले स्नातकोत्तरसम्मको अध्ययन, घर, समाज र राजनीतिलाई सँगसँगै अगाडि बढाएको विषय पुस्तकमा समेटिएको छ ।  प्रकाशक स्वयं पोखरेल रहेको उक्त पुस्तकको सम्पादन भने नेपाली भाषाविज्ञ हरि अधिकारीले गरेका छन् । पोखरेलले आफ्नो जीवन कालमा हालसम्म आफूलाई सहयोग र ऊर्जा प्रदान गर्ने सबैप्रति आभार ब्यक्त गर्दै आफू परिवार, शिक्षण पेशा, समाजसेवा तथा राजनीतिक जीवनमा समेत सन्तुष्ट हुनसकेको बताइन् । सम्पादक अधिकारीले पुस्तकको संक्षिप्त परिचय दिएका थिए । समारोहमा उपस्थित वक्ताहरूले पोखरेलको अथक परिश्रम तथा योगदानबारे खुलेर प्रशंसा गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  २०:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार