भानु जयन्तीको अवसरमा कबिता बाचन

एक लाख एक रुपैयाँ राशीको शान्ति साहित्यक पुरस्कार घोषणा
सोमबार, असार ३०, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा काठमाडौंको पीस एम्बेसी बिल्डीङ्ग नक्सालमा स्रष्टाहरूले आफ्ना रचना वाचन तथा शान्ति साहित्यक सभाको आयोजना गरेर मनाएका छन् । बिश्व शान्ति तथा एकिकृत परिवार संघ तथा सिद्धान्त अनुसन्धान महाबिधालय संघको सयुक्त्त आयोजनामा शान्ति साहित्यक सभा तथा एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा गरिएको छ । साहित्यक सभामा आयोजक विश्व शान्ति तथा एकीकृत परिवार ससंघका दक्षिण एसियाका निर्देशक कृष्ण बहादुर अधिकारी सेवकले घोषणा उक्त पुरस्कारको घोषणा गरेको हुन् । गीतकार समेत रहेका अधिकारीले आदिकवि भानुभक्त आचार्यको जन्म दिन नेपाली भाषाको गौरव गाउने महान दिन भएको बताएका छन् । अधिकारीले नेपाल मात्र नभइ  दार्जलिङका पहाडसम्म दौरा सुरुवाल, गुन्युचोलो, नरसिंहा, झ्याम्टोको संयोजनले गुञ्जायमान हुने गरेको बताए ।   संसारभर नेपाली भाषाको र भानुभक्तको प्रशंसाको सुरुवात हुनु अद्वितीय उदाहरण भएको अधिकारीको भनाइ छ । ‘भानु जयन्ती केबल जन्मजयन्ती होइन, नेपाली भाषाको गौरव गाउने महान दिन हो,’ उनले भने, ‘नेपाल मात्र होइन, दार्जलिङका पहाडसम्म दौरा सुरुवाल, गुन्युचोलो, नरसिंहा, झ्याम्टोको संयोजनले गुञ्जायमान हुनु र संसारभर नेपाली भाषाको र भानुभक्तको प्रशंसाको शुरुवात हुनु अद्वितीय उदाहरण हो । अधिकारीले नेपाली भाषालाई अझ प्रगतिशिल र विश्व साहित्यको हिस्सा बनाउने प्रण गर्न जरुरी रहेको बताए । गीतकार अधिकारीले बिश्व शान्तिका अभियान्ता डा।सन म्याङ्ग मुन र डा।हाक जा हान मुनको प्रेरणाा बाटै आपूले साहित्य मार्फत शान्ति स्थापना गर्न सकियो भनेर शान्ति साहित्यक सभाको घोषणा गरेको जानकारी दिए ।   कार्यक्रमको प्रमुख आतिथ्यता  भिम उप्रेतिले गरेका थिए । कबिता बाचन कार्यक्रममा सन्तोष कुमार पोखरेल, स्नेह सायमी र रन्जना निरौला, कृष्ण बाउँसmे, भोज कुमार धमला ,गंगा खतिवडा, दिप डाँगी, रिता खतिवडा, सुभाष सिह पराजुली लगायतका १८ जना चर्चित अतिथि कविहरुले कविता वाचन गरेका थिए । कबिता बाचन कार्यक्रममा अधिकांशले समसामयिक राजनीतिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा देखिएको विसङ्गतिविरुद्ध सिर्जनामार्फत् भावना पस्किए । कवि रुपसिह भण्डारीले सञ्चालन गरेको कार्यक्रमका स्वागत मन्तव्य एच बि खत्रीले दिएका थिए । उक्त कार्यक्रममा समाजसेवी विनोद डांगीले धन्यावाद दिएका थिए । 

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १९:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार