काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठक बस्दै

शुक्रबार, असार २७, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । आज काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक बस्दैछ । महानगरपालिकाका मेयर बालेन्द्र साहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक आब्हान गरेका हुन् । सो अघि बिहान ११ः०० बजे बजेट स्रोत समितिको बैठक बस्नेछ भने उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बसाउने छिन् । कानुनी तथा औपचारिकता पूरा भए दिउँसो २ः०० बजेको कार्यपालिका बैठक बस्ने र सोही बैठकले नीति तथा कार्यक्रमसहित आगामी आर्थिक बर्ष २०८२-८३ को बजेट नगर सभामा पेस गरिनेछ । सोही कार्यपालिकाले नगर सभा बैठकले मिति नै तोकेर असार मसान्तभित्रै बजेट पास गर्ने तयारी मेयर साहले गरेका छन् ।  प्रमुख प्रशासकीय अधिकृत र मेयर बीचको विवादका कारण महानगरको बजेट आउन सकिरहेको थिएन् ।
 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  ०९:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार