सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्ने भएको छ । महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिका बैठक बोलाएका हुन् । शुक्रबार बिहान ११ बजे स्रोत व्यवस्थापन समितिको बैठक बस्ने छ । सँगै मेयर बालेनले कार्यपालिका बैठक पनि बोलाएका छन् । महानगरका सहायक प्रवक्ता धुव्रकुमार काफ्लेका अनुसार बिहान ११ बजे आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटको स्रोत तथा सिमा निर्धारण समितिको बैठक बस्नका लागि सबैलाई पत्राचार भइसकेको छ । शुक्रबार नै महानगरको कार्यपालिका बैठक बस्ने भएको छ । काफ्लेका अनुसार २ बजेट कार्यपालिका बैठक बस्ने छ । ‘स्रोत तथा सिमा निर्धारण समितिको बैठक बस्नका लागि पत्र गइसक्यो’, काफ्लेले भने ।