चन्द्रागिरि नगरपालिकाद्धारा ९ नं. वडाका ३१ वडावासीलाई लालपूर्जा वितरण 

बुधबार, असार २५, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

थानकोट । चन्द्रगिरि नगरपालिकाले वडा नं. ९  का ३१ जना वडाबासीलाई जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) वितरण गरेको छ । नगर प्रमुख घनश्याम गिरीले चन्द्रागिरि ९ का ३१ जना वडाबासीलाई लालपूर्जा वितरण गरेका हुन् । स्थानीयले पुस्तौदेखि बसोबास गर्दै आए पनि आफ्नो नाममा जग्गाधनी लालपुर्जा नहुँदा समस्यामा पर्दै आएको र पूर्जा प्राप्त भएसँगै धेरै समस्या हल भएको बताए ।  नगरप्रमुख गिरीले वडामा अझै यस्ता घरबार बिहीन रहेको स्थानीयहरुलाई पनि लालपूर्जा छिट्टै उपलब्ध गराउन पहल भइरहेको जानकारी दिए । उक्त लालपूर्जा वितरण कार्यक्रममा नगर प्रवक्त एवम् वडा नं ४ का वडाअध्यक्ष कृष्णप्रसाद खड्गी, १४ नं. वडाका वडाअध्यक्ष राजभाई महर्जन, नापी शाखा कलंकीका प्रमुख केशव लेखक, लुमन्तीका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीयको सहभागिता रहेको नगरप्रमुख घनश्याम गिरीको निजी सचिवालयले जानकारी दिएको छ । 

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  ०८:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार