अष्ट्रेलिया सरकारले अगष्ट महिनादेखि कोरोनाविरुद्धको खोप दिने 

शुक्रबार, असार २५, २०७८

क्यानबेरा । अष्ट्रेलियाका प्रधानमन्त्री स्टक मोरिसनले कोरोनाविरुद्धको खोपको मात्रा बढाउने बताएका छन् । प्रधानमन्त्री मोरिसनले शुक्रबार अष्ट्रेलियाकामा आगामी सेप्टेम्बर महिनामा फाइजर खोप आउन लागेको जानकारी दिँदै त्यो खोप अगष्ट महिनाबाट दिइने बताए । उनले आगामी सेप्टेम्बर महिनामा ४५ लाख मात्रा खोप आउने लागेको र त्यसलाई अगष्ट महिनादेखि नागरिकलाई वितरण गरिने भएको पनि बताए । उनले यही जुलाई महिनाको १९ तारिखदेखि अष्ट्रेलियामा हरेक हप्ता नै कम्तीमा पनि दश लाख खोप ल्याइने पनि बताए । सो खोप नागरिकहरुलाई सकेसम्म चाँडै वितरणको व्यवस्था मिलाइएको पनि बताइएको छ । प्रधानमन्त्री मोरिसनले अष्ट्रेलिया ब्रोडकास्टिङ कर्पोरेसनलाई दिएको अन्तर्वार्तामा सो कुरा बताएका हुन् । उनले यो वर्षको अन्त्यसम्ममा अष्ट्रेलियाका प्रत्येक नागरिकलाई कम्तीमा पनि एक मात्रा खोप दिइसक्ने तयारी गरेको बताएका छन् । जुन महिनामा अष्ट्रेलियाया सरकारले कोरोना भाइरसका विरुद्धमा लड्नका लागि आवश्यक धेरै तयारी गरेको जानकारी पनि गराएको छ । शुक्रबारसम्मको तथ्याङ्कअनुसार अष्ट्रेलियाका १६ वर्षमाथिका कम्तीमा पनि १० प्रतिशत नागरिकले खोप लिइसकेका छन् । अष्ट्रेलियाको सरकारले कोरोना भाइरसविरुद्धको खोप दिने कामलाई प्राथमिकतामा राखेको छ ।–सिन्ह्वा 

प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८  १४:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार