जन्म, विवाह र मृत्यु दर्ता गर्दा विरुवा अनिवार्य रोप्नुपर्ने

आइतबार, असार २२, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

मुगु । मुगुको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका वडा नम्बर ६ को वडाले वडाबासीलाई जन्म, विवाह र मृत्यु दर्ता गर्दा बृक्षारोपण अनिवार्य गर्नुपर्ने प्रावधान ल्याएको छ ।  बिवाह दर्ता गर्दा अनिवार्य दुईवटा र मृत्यु दर्ता गर्दा एकवटा विरुवा रोप्नुपर्ने प्रावधान लागू गरेको हो । पछिल्लो समय जलवायु परिवर्तनका कारण केरा नफल्ने ठाँउमा केरा फल्न थालेको, लामखुट्टे हिमालमा पनि पुग्न थालेको, खानेपानीको मूहानहरु सुक्न थालेकोलगायतका समस्याहरु देखिन थालेपछि वडा नयाँ अभियान सुरु गरेको हो । जन्म, विवाह र मृत्यु दर्ता गर्दा विरुवा रोप्नेहरुलाई सोही अनुसार सरकारी सेवा उपलब्ध गराइने व्यवस्था वडा सरकारको नीति सर्वदलीय र सर्वपक्षीय आम वडाबासीको सहभागितामा लागू गरिएको हो । जन्म, विवाह र मृत्यु दर्ता गर्ने ३५ दिनको समयभित्र आउने वडाबासीले बिरुवा रोपेको फोटो र भिडियो साथमा ल्याउनुपर्नेछ । उक्त अभियान प्रभावकारी हुँदै गएको वडा नम्बर ६ का वडा अध्यक्ष भरत बहादुर शाहीले बताए ।

514463994_1518007655838514_775516723799357934_n-1751814270.jpg
 

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  २०:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार