राष्ट्रपतिले गरे राष्ट्रिय संग्रहालय र नेपाली सेनाको सैनिक संग्रहालयको अवलोकन

आइतबार, असार २२, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय संग्रहालय  र नेपाली सेनाको सैनिक  संग्रहालयको आइतबार अवलोकन गरेका छन् । राष्ट्रपति पौडेललाई पुरातत्त्व विभागका  महानिर्देशक  सौभाग्य प्रधानाङ्ग, संग्राहलयका प्रमुख अरूणा नकर्मी  र राष्ट्रिय मुद्रा संग्रहालयका प्रमुख मायादेवी अर्याललगायतका पदाधिकारीहरूले स्वागत गरेका थिए । यसैगरी नेपाली सेनाको सैनिक  संग्रहालयमा पुग्दा  नेपाली सेनाका बलाधिकृत निर्मलकुमार थापाले स्वागत गरेका थिए ।  सैनिक संग्राहलयमा संग्रहलय प्रमुख प्रमुख सेनानी गेलान लामाले संग्रहालयका बारेमा जानकारी गराएका थिए । त्यस्तै राष्ट्रिय संग्राहलयमा प्रमुख नकर्मीले संग्रहालयका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  २०:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार