सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–२९ अनामनगर बस्ने ५५ वर्षीय जगतबहादुर कुवँर हराएको पाँच दिन भइसक्दा समेत पत्ता लाग्न सकेको छैन । यही असार १७ गते बिहान काठमाडौँ महानगरपालिका–२९ अनामनगर अनामनगर स्थित डेराबाट मर्निङ वाकका लागि निस्किएका कुँवर हराएको आज पाँच दिन भइसक्दा समेत कुनै पत्ता नलागेको उनका भतिज देवबहादुर कुँवरले जानकारी दिए । उनले भने, “काका हराउनु भएको आज पाँच दिन भइ सक्यो, हामीले जिल्ला प्रहरी परिसरमा पनि खोजतलासका लागि यही असार १८ गते निवदेन दर्ता गराएका छौँ । अहिले सम्म कुनै पत्ता लागेको छैन् ।” शिक्षण पेसामा आवद्ध रहेका कुँवर एका एक हराएपछि उनका आफन्तहरु निकै चिन्तित बनेको अछाम घर भई हाल काठमाडौँ हाडिगाउँ बस्दै आएका कुवँरका नातेदार एवं कुण्डाली सेवा समाजका कोषाध्यक्ष धर्मराज खड्काले जानकारी दिए । उनले भने, “मर्निङवाक जाँदा उहाँ हराउनुभयो, घरमा निकै तनाब भएको छ । हराएको पाँच दिन बितिसक्यो, सबै ठाउँमा खोजी कार्य गर्दैछौँ । फेला पर्न भएको छैन ।’ उनका एक श्रीमती, युवराज, अनिल र धिरज गरी तीन छोरा छन् ।” कुँवर हराएको विषयमा खोजतलासका लागि प्रहरी परिसरमा उनका भतिजाले निवदेन दर्ता गराएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए । उनले भने, “कुँवर हराउनु भएको विषयमा यही असार १८ गते परिसरमा निवेदन दर्ता भएको छ । खोजी कार्यका लागि विभिन्न युनिटका प्रहरीलाई खबर गरिएको छ । खोजतलास जारी छ ।”