विरोध सुरु भएकाले सहकारी नियमन प्राधिकरणले सोचेजस्तो काम गर्न सकेन : सहकारी मन्त्री

आइतबार, असार २२, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सबैको माग अनुसार सहकारी नियमन प्राधिकरण बनेपनि प्राधिकरणले चाहेनुसार काम गर्न नसकेको बताएका छन् ।  अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा राष्ट्रिय सहकारी महासंघ नेपालले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्राधिकरणको सुरुवता नहँुदै विरोध सुरु भएकाले काम गर्न नसकेको बताएका हुन् ।  उनले भने, ‘सबैको माग अनुसार सहकारीलाई नियमन गर्न सहकारी नियमन प्राधिकरण बनेको हो । यसले कसरी काम गर्छ, कस्तो विधि बनाउँछ भन्ने कुराको सुरुवात नहुँदै नियन्त्रण र खवरदारीको कुरा आउन थाल्यो । बिग्रेको कुरालाई नियन्त्रण नगर्ने हो भने त्यो ठिक ठाउँमा आउँदैन ।’ उनले सहकारी नीति र उद्देश्य अनुसार काम नगरेको भन्दै स्रोत नखुलेका अवैध पैसा सहकारीमा चलाइने बताए ।  
‘हामीले सहकारी नीति र उद्देश्य अनुसार काम गरेका छौ कि छैनौं भन्ने हो । तर सहकारीले ठुलो रकम कसरी आयो भन्नेबारे ख्याल गर्न पर्छ कि पर्दैन । बैंकले त्यसलाई ख्याल गर्नैपर्छ । त्यसको स्रोत चाहिन्छ । सहकारीले साच्चै धितो नराखिकन ५०/६० करोड एउटै व्यक्तिलाई दिने अधिकार कहाँ छ ? हाम्रो उद्देश्य भित्र छ ? छैन । यो गम्भीर प्रश्न हो,’उनले भने ।  उनले पछिल्लो समय सहकारी गलत बाटोमा हिड्दा विभाग, मन्त्रालयले ध्यान दिन नसकेको स्विकार गर्दै अव सच्चिएर जानुपर्ने बताए । 

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  ०९:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार