सोसल मिडिया
Contact Us
युनिकोड
सोल । दक्षिण कोरियामा कोभिड–१९का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् । २४ घन्टायता कोभिड–१९ का सङ्क्रमित एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् । २४ घन्टायता मात्र कोभिडका सङ्क्रमित यतिधेरै बढेका हुन् । दक्षिण कोरियाका अधिकारीले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा एक हजार २७५ जना सङ्क्रमित पाइएका छन् । योसँगै दक्षिण कोरियामा कोभिडका संङ्क्रमितको संख्या एक लाख ६४ हजार २८ जना पुगेको बताइएको छ । यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका सङ्क्रमितको संख्या बढ्दो देखिएको छ । बुधबार मात्र पनि यहाँ देखिएको एक हजार २१२ जना सङ्क्रमित भेटिएको थियो । यहाँ बिहीबार देखिएको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यसैले यहाँका अधिकारीले दक्षिण कोरियाका स्वास्थ्य अधिकारीले यहाँ कोभिडको चौथो वेभ शुरु भएको बताएका छन् । दक्षिण कोरिायमा केही हप्ताअघिसम्म ७०० भन्दा बढी सङ्क्रमित नरहेकोमा अहिले आएर भने प्रत्येक दिन एक हजारभन्दा बढी सङ्क्रमित भेटिएका छन् । त्यो संख्यामा वृद्धि भएर बुधबार र बिहीबार सङ्क्रमित पाइएको समाचारमा जनाइएको छ । यहाँका स्वास्थ्य अधिकारीले यसै हप्ता अर्थात् यही जुलाई १ देखि ७ तारिखसम्ममा देशैभर देखिएको सङ्क्रमितको संख्या देशव्यापी तथ्याङ्कको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा ५३ प्रतिशत बढी देखिएको छ । यो तथ्याङ्क आएपछि यहाँका स्वास्थ्य अधिकारीले दक्षिण कोरिया औपचारिकरुपमा नै कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका छन् । बिहीबार देखिएका यी सङ्क्रमितमा ६०० भन्दा बढी राजधानी सोलकै रहेका पाइएको छ । यसकारण पनि धेरै पछि यति धेरै संख्यामा सङ्क्रमित देखिँदा देश कोरोना महामारीको अर्काे वेभमा प्रवेश गरेको बताइएको हो । यहाँ कोराना विरुद्धको खोपका अभियानलाई ब्यापक बनाइएको छ । जसका कारण यहाँ यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्या भने कमी देखिएको स्वास्थ्य क्षेत्रका अधिकारीले जनाएका छन् । –सिन्ह्वा