सोसल मिडिया
Contact Us
युनिकोड
तिखिदेवल (ललितपुर) । ललितपुर महानगरपालिका १४ नं. वडा कार्यालयले आज योग अभ्यास तथा योग सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । महानगर १४ नं. वडा कार्यालय तिखिदेवलको अयाोजनामा वडाकै किरात याक्थुङ चुम्लुङ भवन तिखिदेवलमा आयोजित कार्यक्रममा योग साधिकाहरूले योग अभ्यास गरेका थिए । वडासचिव सुलोचना लुईटेलले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष अमृतजंग महतले व्यानर पढेर कार्यक्रम शुभारम्भ गर्नु भएको थियो । वडासचिव लुईटेलले कार्यक्रम सञ्चालनकै क्रममा स्वास्थ्यसँग सम्बन्धित योग साधना हाम्रा लागि धेरै नै आवश्यक रहेको बताउनुभयो । वडासदस्य सहनशीला कार्कीले स्वास्थ्य रहन खानपानसहित भान्छामा प्रयोग हुने भाँडावर्तन सहि ढंगले प्रयोग गर्न सके औपाधि किनेर खानुपर्ने वातावरण नै नआउने बताउनुभयो ।
कार्यक्रममा वडासदस्य संगिता अछामिले योगले जोड्ने, समन्वय गर्ने काम गर्ने भएकाले योगलाई दैनिकी नै बनाउनु पर्नेमा जोड दिनुभयो । महिला पतञ्जलित ललितपुरकी अध्यक्ष विमला निरौलाले योगमा जोडिन सके मानिस निरोगी हुने भएकाले आफूले विहान ५ बजेदेखि सुरु गर्ने योग अभ्यासमा सहभागी हुन आह्वान गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष अमृतजंग महतले योगलाई वडा कार्यालयले महत्व दिँदै आएको जानकारी दिँदै योग अभ्यासका लागि आवश्यक पर्ने सामग्री वडा कार्यालयले उपलव्ध गराउने प्रतिवद्धता जनाउनुभयो । योग साधान साधिकाहरूले शुभकामना मन्तव्यकै क्रममा योगको महत्वबारे प्रकाश पार्नु भएको थियो । कार्यक्रममा ललितपुर महानगर कार्यपालिका सदस्य सानुकाजी तोलाङगे, वडा सदस्य सनत कार्कीसहित वडा कार्यालयका कर्मचारी, योगका साधक साधिका, महिला स्वास्थ्य स्वयम सेविका, समाज सेवीहरूको उपस्थिति रहेको थियो ।