ललितपुरमा नदीजन्य विपद् व्यवस्थापनको तालिम, चारवटा डुंगा तयारी अवस्थामा

बुधबार, असार १८, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । ललितपुर महानगरपालिकाले आयोजना गरेको नदीजन्य विपद् व्यवस्थापनको तालिम समापन भएको छ ।  मंगलबार ललितपुर महानगर २४ नं. वडा स्थित नागदहमा आयोजित एक कार्यक्रमकाबीच १८ दिने उक्त तालिम समापन गरिएको हो ।  गत जेठ २८ गतेदेखि सुरु भएको सामूदायिक प्रकोप स्वयंसेवक तालिम र असार ८ गतेदेखि सुरु भएको र्‍याफ्ट डुङ्गा राउडलिङ र पानी उद्धार तालिमको सुरु गरिएको थियो ।  त्यस्तै मंगलबार ललितपुरको नागदहमा डुंगा प्रयोग गरेर उद्दारको डेमो समेत प्रश्तुत गरिएको थियो ।  ललितपुरका मेयर चिरीबाबु महर्जनले महानगरले खरिद गरेको चारवटा डुंगा प्रयोग गरेर उद्दारको तालिम प्रदान गरिएको जानकारी गराए ।  उनले भने,‘हामीसँग उद्धारका लागि सबै सामग्री छ भन्ने अनुभूति गरेको थियौं । तर गत असोज ११ र १२ गतेपछि थाहा भयो कि हामीले डुंगाको व्यवस्था गर्नुपर्ने रहेछ । त्यसपछि पाँचवटा डुंगा किन्ने भनेर अघि बढेका थियौं । चार वटा डुंगा डेलिभरी भइसकेको छ । त्यही डुंगामा तालिम गराएर दिक्षित हुनु भएको छ ।’  त्यस्तै उनले विपद उद्दारको लागि तालिम दिएर तयारी अवस्थामा ललितपुर महानगर रहेको पनि बताए । 

512048837_4219919661667094_6373211737390578014_n-1751429591.jpg
 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १०:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार