राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
राजनीति
‘क्रुद्ध र निराश’ ट्रम्पको धेरै समय टेलिभिजन हेर्नमा बितिरहेको छ
‘क्रुद्ध र निराश’ ट्रम्पको धेरै समय टेलिभिजन हेर्नमा बितिरहेको छ
अमेरिका निर्वाचन नतिजा
शब्दपाटी
शनिबार, कात्तिक २२, २०७७
शनिबार, कात्तिक २२, २०७७
काठमाडौं ।
राष्ट्रपति डोनल्ड ट्रम्प आफ्नो पक्षमा थोरै मात्र सहयोगीहरू टेलिभिजनमा वा सडकमा सामुन्ने आएकोप्रति क्रुद्ध र निराश बनेको उनी निकटका सूत्रहरूले सीबीएस न्यूजलाई बताएका छन्।
उनीहरूका अनुसार ट्रम्प निकै धेरै समय टेलिभिजन हेरिरहेका छन् र फोन गरिरहेका छन्। शुक्रवार उनको समय ओभल अफिस तथा निवासमा नै बित्यो।
ट्रम्पको निर्वाचन अभियानले कानुनी लडाइँबारे कुरा गरिरहेको छ तर त्यसको प्रस्ट रणनीति देखापरेको छैन।
केही सहयोगीहरूले यस्तो विषय महिनौँ अगाडि नै सोचिनुपर्थ्यो भनेका छन्। तर यसबारे कसैले राष्ट्रपतिसँग कुराकानी गर्न चाहेका थिएनन्।
मुद्दाको सन्दर्भमा यदि पेनसिल्भेनियामा मतान्तर थोरै हुन्छ भने सर्वोच्च अदालतमा हुने सफल चुनौतीले ट्रम्पलाई सघाउ पुग्न सक्छ।
तर बाइडनको पक्षमा मतान्तर धेरै छ भने यसको धेरै माने हुने छैन।
के भन्छन् वरिष्ठ रिपब्लिकनहरू ?
ट्रम्प समूहले चारवटा राज्यहरूमा कानुनी चुनौती पेश गरेको छ। तर व्यापक धाँधली भएको भन्ने आधारहीन आरोपहरूको पक्षमा वरिष्ठ रिपब्लिकन नेताहरू देखिएका छैनन्।
कैयन् रिपब्लिकन नेताहरू चुपचापनै बसेका छन् भने अन्यले राष्ट्रपतिको भनाइहरूबाट आफूहरूलाई अलग्गै राखिरहेका छन्।
पेनसिल्भेनियाका सिनेटर प्याट टुमेले धाँधलीको प्रमाण नभएको बताएका छन्।
पूर्व राष्ट्रपति उम्मेदवार मिट रोम्नीले ट्रम्पले गरेका दाबीहरूले अमेरिकामा तथा विश्वभरिनै स्वतन्त्रताको विषयमा धक्का पुग्ने बताए।
राष्ट्रपतिका छोरा डोनल्ड ट्रम्प जुनियरले रिपब्लिकन नेताहरूमाथि मिडियासँग डराएको आरोप लगाएका छन्।
ट्रम्प समूहले कानुनी कारबाही अघि बढाउन आवश्यक दशौँ लाख डलरको चन्दा सङ्कलनका निम्ति आह्वान गरेको छ।रिपब्लिकनहरूको अनुरोधपश्चात् सर्वोच्च अदालतले पेन्सिल्भेनिया राज्यका अधिकारीहरूलाई हुलाकमार्फत् निर्वाचनको दिनभन्दा पछि प्राप्त भएका मतपत्रहरूलाई छुट्ट्याउन आदेश दिएको छ। अधिकारीहरूले त्यस्ता मतपत्रको सङ्ख्या थोरै भएको र तिनले मतपरिणाममा खासै असर पार्ने सम्भावना कम रहेको बताएका छन्।
'शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुने'
रिपब्लिकनका बरिष्ठ नेता मिच मक्कनलले राष्ट्रपतीय निर्वाचन जो बाइडनले जिते भने शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुने बताएका छन्।
उनको निर्वाचन क्षेत्र केन्टकीमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, “अवश्य पनि।”
“सन् १७९२ देखि हरेक चार वर्षमा सत्ताको शान्तिपूर्ण हस्तान्तरण हुँदै हामी नयाँ प्रशासनमा जाने गरेका छौँ,” मक्कनलले बताएका छन्।
डोनल्ड ट्रम्पले मिश्रित सन्देशहरू जारी गरिरहेका बेला मक्कनलको प्रतिक्रिया आएको छ।
राष्ट्रपति ट्रम्पले यो वर्षको शुरूतिर त्यस्तो हस्तान्तरणप्रति प्रतिबद्धता जनाउन अस्वीकार गरेका थिए, तर पछि गत महिना सहज हस्तान्तरणलाई समर्थन गर्ने बताएका थिए।
गत महिना ट्रम्पले भनेका थिए, “शान्तिपूर्ण हस्तान्तरण… म त्यस्तै चाहन्छु तर आदर्शत: म हस्तान्तरण चाहन्न किनभने म जित्न चाहन्छु।”
जोर्जियामा बाइडनको अग्रता बढ्दै
मतगणना भइरहेकामध्ये दुई उम्मेदवारबीच सबभन्दा कम मतान्तर देखिएको जोर्जिया राज्यमा जो बाइडनले अग्रता बढाउँदै लगेका छन्।
पछिल्लो गणनापश्चात् उनको अग्रता ४,००० बाट ७,२४८ पुगेको आँकडामा देखिएको छ।
१६ इलेक्टोरल मत रहेको जोर्जिया परम्परागत रूपमा रिपब्लिकन राज्य मानिन्छ। यसअघि त्यहाँ सन् १९९२ को राष्ट्रपतीय चुनावमा मात्र डेमोक्र्याट उम्मेदवारले जितेका थिए।
मतगणना भइरहेकामध्ये सबभन्दा धेरै इलेक्टोरल मत रहेको पेन्सिल्भानिया राज्यमा बाइडनको अग्रता झन्डै २९हजार पुगेको छ। त्यहाँ जिते मात्रै पनि बाइडनले ह्वाइट हाउस जित्नेछन्।
पेन्सिल्भानिया राज्यका महान्यायाधिवक्ताका अनुसार त्यहाँको अन्तिम नतिजा स्थानीय समय शनिवार अबेरसम्ममा प्रस्ट हुनसक्छ।
ट्रम्पको कानुनी लडाइँका यी हुनेछन् ‘मुख्य योद्धा’
ट्रम्प समूहले प्रमुख चुनावी नतिजाहरू विरुद्ध शृङ्खलाबद्ध कानुनी चुनौती दिने बताइरहेको बेला त्यस्ता चुनौतीलाई अगाडि बढाउने जिम्मा कसले लिन्छ भन्ने बारे प्रस्टता आएको विवरणहरूमा जनाइएको छ।
सन् २०१६ को चुनावताका आफ्नो निर्वाचन अभियानका उप-व्यवस्थापक रहेका डेभिड बोसीलाई नै यो जिम्मा ट्रम्पले दिनसक्ने बताइएको छ।
ट्रम्पको समूहले सन् २००० मा चुनावी नतिजालाई लिएर उत्पन्न विवादका बेला जोर्ज डब्लु बुशले वरिष्ठ रिपब्लिकन नेता तथा वकिल जेम्स बेकरलाई अघि सारेको जस्तै गरेर कसैलाई अघि सार्न खोजिरहेको थियो। त्यतिखेर बेकरको नेतृत्वमा अघि बढाइएको कानुनी चुनौतीपश्चात् फ्लोरिडाको मत पुन: गणनामार्फत् बुशले ह्वाइट हाउसको जिम्मा पाएका थिए।
बोसी वकिल भने होइनन्। तर ट्रम्पलाई मनपर्ने सबै गुण उनमा भएको बताइन्छ: कडा बोल्ने, आक्रामकता र सन्देश दिन सक्षम।
अब उनले ट्रम्प समूहले मतपरिणामबारे उठाएका सबै विषयलाई संयोजन गर्ने जिम्मा पाउन सक्नेछन्।
राष्ट्रपति ट्रम्पले नोभेम्बर ४ देखि नै आफ्ना भाषण तथा ट्वीटरमार्फत कुनै प्रमाण विना मतदान र मतगणनामा अनियमितता भएका दाबी गर्दै आएका छन्।
ट्रम्प समर्थकहरू कतै मतगणना ‘रोक्न’ र कतै ‘गणना’ गर्न भनिरहेका छन्
अमेरिकी निर्वाचनको मतगणना जारी रहेका बेला राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरू मतगणना स्थल पुगेका छन्।
उनीहरूले कतै ‘मतगणना गर्न’ आग्रह गरिरहेका छन् त कतै ‘मतगणना रोक्न’भनिरहेका छन्।
मतदाता सहभागितामा कीर्तिमान
अमेरिकी इतिहासमा १२० वर्ष यता यसपालीको निर्वाचनमा सबभन्दा धेरै - ६६.९% - सहभागी भएको बताइएको छ। बीबीसीको सहयोगमा
प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०७७
१८:४२
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
ललितपुर महानगरको ३ नं. वडामा विषादी परीक्षण केन्द्र सञ्चालन
नंः २
अपाङ्गता दिवसका दिन ललितपुर महानगरले अपाङ्गता भएकाको स्वास्थ्य परीक्षण गर्ने
नंः ३
ललितपुर महानगर प्रमुख महर्जनद्धारा यःमरि बनाउने प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण
नंः ४
नेपालमा ७० प्रतिशत मानिस मेरुदण्डको समस्याबाट पीडित छन् : डा.सन्तोष कुमार वस्याल
नंः ५
पछिल्लो नौ वर्षमा एड्सबाट हुने मृत्युदरमा ६२ प्रतिशतले कमी
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
नेपालमा आईटीको भविष्य उज्यालो छ, तर सरकारले नीतिगत सुधार गर्नुपर्छ : निरन्जन कुँवर
सोमबार, मंसिर ८, २०८२
विदेशस्थित नेपालीको मताधिकार कार्यान्वयन गर्ने अहिले ऐतिहासिक अवसर हो : डा.खगेन्द्रराज ढकाल
शनिबार, मंसिर ६, २०८२
ग्यास्ट्रिकलाई सामान्य ठान्दा गम्भीर रोगहरू लाग्नसक्छ : डा.सिताराम चौधरी
शुक्रबार, मंसिर ५, २०८२
मेरो प्राथमिकता आर्थिक पारदर्शिता, नयाँ कार्यक्रम विस्तार र गुणस्तरीय शिक्षा : डा.ठाकुर प्रसाद वाग्ले
बिहीबार, मंसिर ४, २०८२
मृत्युदर घटे पनि निमोनियाका बिरामीको संख्या बढिरहेको छ : डा.पुरी
बुधबार, कात्तिक २६, २०८२
दशैंमा नेवार समूदायले रातो र कालो टीका दुवै लगाउँछन्
मंगलबार, असोज १४, २०८२
जीवनशैली
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि मनाइँदै
मंगलबार, मंसिर ९, २०८२
चीनमा विदेशी जनावर पाल्नेको संख्या बढ्दो, छेपारो र कछुवा प्रजाति पाल्ने मात्रै १ करोड ७० लाख
आइतबार, कात्तिक ३०, २०८२
दक्षिण चीनमा नीलो लोबस्टरको उत्पादन बढ्यो
बिहीबार, कात्तिक २७, २०८२
चीनले विकास गर्यो विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली
बिहीबार, कात्तिक २०, २०८२
शिल्पा शेट्टी : फिटनेस आइकन
शनिबार, कात्तिक १५, २०८२
कसरी मनाउँछन् पशुअधिकारकर्मीले दशैं ?
मंगलबार, असोज १४, २०८२
शिक्षा
मेरो प्राथमिकता आर्थिक पारदर्शिता, नयाँ कार्यक्रम विस्तार र गुणस्तरीय शिक्षा : डा.ठाकुर प्रसाद वाग्ले
बिहीबार, मंसिर ४, २०८२
दीप नेपालले बाँढ्यो ठोरीका स्कुले बालबालिकालाई न्यानो पोसाक
शुक्रबार, कात्तिक २८, २०८२
स्वास्थ्य क्षेत्र अहिले पनि राज्यको प्राथमिकतामा पर्न सकेको छैन : आनन्द श्रेष्ठ
शुक्रबार, कात्तिक २१, २०८२
आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने
आइतबार, भदौ २९, २०८२
आजदेखि अष्ट्रेलियन एजुकेशन फेयर २०२५ सुरु, ५ दिनसम्म चल्ने
मंगलबार, साउन २७, २०८२
नेपालमा उच्च शिक्षाको पुनर्जागरण : एक समयसापेक्ष आवश्यकता
बुधबार, साउन २१, २०८२
कानुनी दबाबले निजी विद्यालय र विद्यार्थीको भविष्य अन्योलमा पर्न सक्ने चिन्ता
शुक्रबार, साउन १६, २०८२
नेपाल संस्कृत विश्वविद्यालयको सिनेटले स्वीकृत गर्यो एक अर्ब ३१ करोडको बजेट
बुधबार, असार ३२, २०८२
समाचार
जेन–जीले भन्याे, ‘विकास रोक्ने योजना होइन, तर पीडितले न्याय पाउनुपर्छ’
शुक्रबार, मंसिर १९, २०८२
हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने
शुक्रबार, मंसिर १९, २०८२
एनआरएनए एकतापछि स्टेरिङ कमिटीको बैठक आज बस्दै
शुक्रबार, मंसिर १९, २०८२
सौराहामा होटलको चौथो तलाबाट खस्दा सिन्धुलीकी छात्रा स्नेहा पाख्रिनको मृत्यु
बिहीबार, मंसिर १८, २०८२
नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बुधबार, मंसिर १७, २०८२
थप समाचार
अमेरिका र भेनेजुएलाबीच तनाव बढ्यो, भेनेजुएलाका राष्ट्रपतिले दिए कडा चेतावनी
शनिबार, कात्तिक २२, २०७७
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनलाई २८ बुँदे शान्ति प्रस्तावमा प्रतिक्रिया दिन नोभेम्बर २७ को समयसीमा
शनिबार, कात्तिक २२, २०७७
दुबई एयर शोमा भारतीय विमान दुर्घटनाग्रस्त, पाइलटको मृत्यु
शनिबार, कात्तिक २२, २०७७
युक्रेन–रूसबीच शान्तिको बाटो भेटिएको ट्रम्पको दाबी
शनिबार, कात्तिक २२, २०७७
Subscribe Newsletter
×