राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
राजनीति
‘क्रुद्ध र निराश’ ट्रम्पको धेरै समय टेलिभिजन हेर्नमा बितिरहेको छ
‘क्रुद्ध र निराश’ ट्रम्पको धेरै समय टेलिभिजन हेर्नमा बितिरहेको छ
अमेरिका निर्वाचन नतिजा
शब्दपाटी
शनिबार, कात्तिक २२, २०७७
शनिबार, कात्तिक २२, २०७७
काठमाडौं ।
राष्ट्रपति डोनल्ड ट्रम्प आफ्नो पक्षमा थोरै मात्र सहयोगीहरू टेलिभिजनमा वा सडकमा सामुन्ने आएकोप्रति क्रुद्ध र निराश बनेको उनी निकटका सूत्रहरूले सीबीएस न्यूजलाई बताएका छन्।
उनीहरूका अनुसार ट्रम्प निकै धेरै समय टेलिभिजन हेरिरहेका छन् र फोन गरिरहेका छन्। शुक्रवार उनको समय ओभल अफिस तथा निवासमा नै बित्यो।
ट्रम्पको निर्वाचन अभियानले कानुनी लडाइँबारे कुरा गरिरहेको छ तर त्यसको प्रस्ट रणनीति देखापरेको छैन।
केही सहयोगीहरूले यस्तो विषय महिनौँ अगाडि नै सोचिनुपर्थ्यो भनेका छन्। तर यसबारे कसैले राष्ट्रपतिसँग कुराकानी गर्न चाहेका थिएनन्।
मुद्दाको सन्दर्भमा यदि पेनसिल्भेनियामा मतान्तर थोरै हुन्छ भने सर्वोच्च अदालतमा हुने सफल चुनौतीले ट्रम्पलाई सघाउ पुग्न सक्छ।
तर बाइडनको पक्षमा मतान्तर धेरै छ भने यसको धेरै माने हुने छैन।
के भन्छन् वरिष्ठ रिपब्लिकनहरू ?
ट्रम्प समूहले चारवटा राज्यहरूमा कानुनी चुनौती पेश गरेको छ। तर व्यापक धाँधली भएको भन्ने आधारहीन आरोपहरूको पक्षमा वरिष्ठ रिपब्लिकन नेताहरू देखिएका छैनन्।
कैयन् रिपब्लिकन नेताहरू चुपचापनै बसेका छन् भने अन्यले राष्ट्रपतिको भनाइहरूबाट आफूहरूलाई अलग्गै राखिरहेका छन्।
पेनसिल्भेनियाका सिनेटर प्याट टुमेले धाँधलीको प्रमाण नभएको बताएका छन्।
पूर्व राष्ट्रपति उम्मेदवार मिट रोम्नीले ट्रम्पले गरेका दाबीहरूले अमेरिकामा तथा विश्वभरिनै स्वतन्त्रताको विषयमा धक्का पुग्ने बताए।
राष्ट्रपतिका छोरा डोनल्ड ट्रम्प जुनियरले रिपब्लिकन नेताहरूमाथि मिडियासँग डराएको आरोप लगाएका छन्।
ट्रम्प समूहले कानुनी कारबाही अघि बढाउन आवश्यक दशौँ लाख डलरको चन्दा सङ्कलनका निम्ति आह्वान गरेको छ।रिपब्लिकनहरूको अनुरोधपश्चात् सर्वोच्च अदालतले पेन्सिल्भेनिया राज्यका अधिकारीहरूलाई हुलाकमार्फत् निर्वाचनको दिनभन्दा पछि प्राप्त भएका मतपत्रहरूलाई छुट्ट्याउन आदेश दिएको छ। अधिकारीहरूले त्यस्ता मतपत्रको सङ्ख्या थोरै भएको र तिनले मतपरिणाममा खासै असर पार्ने सम्भावना कम रहेको बताएका छन्।
'शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुने'
रिपब्लिकनका बरिष्ठ नेता मिच मक्कनलले राष्ट्रपतीय निर्वाचन जो बाइडनले जिते भने शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुने बताएका छन्।
उनको निर्वाचन क्षेत्र केन्टकीमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, “अवश्य पनि।”
“सन् १७९२ देखि हरेक चार वर्षमा सत्ताको शान्तिपूर्ण हस्तान्तरण हुँदै हामी नयाँ प्रशासनमा जाने गरेका छौँ,” मक्कनलले बताएका छन्।
डोनल्ड ट्रम्पले मिश्रित सन्देशहरू जारी गरिरहेका बेला मक्कनलको प्रतिक्रिया आएको छ।
राष्ट्रपति ट्रम्पले यो वर्षको शुरूतिर त्यस्तो हस्तान्तरणप्रति प्रतिबद्धता जनाउन अस्वीकार गरेका थिए, तर पछि गत महिना सहज हस्तान्तरणलाई समर्थन गर्ने बताएका थिए।
गत महिना ट्रम्पले भनेका थिए, “शान्तिपूर्ण हस्तान्तरण… म त्यस्तै चाहन्छु तर आदर्शत: म हस्तान्तरण चाहन्न किनभने म जित्न चाहन्छु।”
जोर्जियामा बाइडनको अग्रता बढ्दै
मतगणना भइरहेकामध्ये दुई उम्मेदवारबीच सबभन्दा कम मतान्तर देखिएको जोर्जिया राज्यमा जो बाइडनले अग्रता बढाउँदै लगेका छन्।
पछिल्लो गणनापश्चात् उनको अग्रता ४,००० बाट ७,२४८ पुगेको आँकडामा देखिएको छ।
१६ इलेक्टोरल मत रहेको जोर्जिया परम्परागत रूपमा रिपब्लिकन राज्य मानिन्छ। यसअघि त्यहाँ सन् १९९२ को राष्ट्रपतीय चुनावमा मात्र डेमोक्र्याट उम्मेदवारले जितेका थिए।
मतगणना भइरहेकामध्ये सबभन्दा धेरै इलेक्टोरल मत रहेको पेन्सिल्भानिया राज्यमा बाइडनको अग्रता झन्डै २९हजार पुगेको छ। त्यहाँ जिते मात्रै पनि बाइडनले ह्वाइट हाउस जित्नेछन्।
पेन्सिल्भानिया राज्यका महान्यायाधिवक्ताका अनुसार त्यहाँको अन्तिम नतिजा स्थानीय समय शनिवार अबेरसम्ममा प्रस्ट हुनसक्छ।
ट्रम्पको कानुनी लडाइँका यी हुनेछन् ‘मुख्य योद्धा’
ट्रम्प समूहले प्रमुख चुनावी नतिजाहरू विरुद्ध शृङ्खलाबद्ध कानुनी चुनौती दिने बताइरहेको बेला त्यस्ता चुनौतीलाई अगाडि बढाउने जिम्मा कसले लिन्छ भन्ने बारे प्रस्टता आएको विवरणहरूमा जनाइएको छ।
सन् २०१६ को चुनावताका आफ्नो निर्वाचन अभियानका उप-व्यवस्थापक रहेका डेभिड बोसीलाई नै यो जिम्मा ट्रम्पले दिनसक्ने बताइएको छ।
ट्रम्पको समूहले सन् २००० मा चुनावी नतिजालाई लिएर उत्पन्न विवादका बेला जोर्ज डब्लु बुशले वरिष्ठ रिपब्लिकन नेता तथा वकिल जेम्स बेकरलाई अघि सारेको जस्तै गरेर कसैलाई अघि सार्न खोजिरहेको थियो। त्यतिखेर बेकरको नेतृत्वमा अघि बढाइएको कानुनी चुनौतीपश्चात् फ्लोरिडाको मत पुन: गणनामार्फत् बुशले ह्वाइट हाउसको जिम्मा पाएका थिए।
बोसी वकिल भने होइनन्। तर ट्रम्पलाई मनपर्ने सबै गुण उनमा भएको बताइन्छ: कडा बोल्ने, आक्रामकता र सन्देश दिन सक्षम।
अब उनले ट्रम्प समूहले मतपरिणामबारे उठाएका सबै विषयलाई संयोजन गर्ने जिम्मा पाउन सक्नेछन्।
राष्ट्रपति ट्रम्पले नोभेम्बर ४ देखि नै आफ्ना भाषण तथा ट्वीटरमार्फत कुनै प्रमाण विना मतदान र मतगणनामा अनियमितता भएका दाबी गर्दै आएका छन्।
ट्रम्प समर्थकहरू कतै मतगणना ‘रोक्न’ र कतै ‘गणना’ गर्न भनिरहेका छन्
अमेरिकी निर्वाचनको मतगणना जारी रहेका बेला राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरू मतगणना स्थल पुगेका छन्।
उनीहरूले कतै ‘मतगणना गर्न’ आग्रह गरिरहेका छन् त कतै ‘मतगणना रोक्न’भनिरहेका छन्।
मतदाता सहभागितामा कीर्तिमान
अमेरिकी इतिहासमा १२० वर्ष यता यसपालीको निर्वाचनमा सबभन्दा धेरै - ६६.९% - सहभागी भएको बताइएको छ। बीबीसीको सहयोगमा
प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०७७
१८:४२
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
सिसि क्यामेराबाट निगरानी बढाउँदै ललितपुर महानगर १४ नं वडा
नंः २
उच्च अदालत जाने म्याद बाँकी रहँदै मलाई पक्राउ गरियो :सेफ सन्तोष साह
नंः ३
सहमति नजुट्दा सुदूरपश्चिम प्रदेशको बजेट वक्तव्य अनिश्चित
नंः ४
डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने
नंः ५
टोलटोलमा फिल्म महोत्सव असार ५ गतेदेखि
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन : ज्योतिष तारा लोचन न्यौपाने
आइतबार, माघ १८, २०८२
जीवनशैली
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
शुक्रबार, चैत ६, २०८२
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
शनिबार, माघ ३, २०८२
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
शुक्रबार, पुस ११, २०८२
पाँच महिनामा नेपालीले प्रयोग गरे १९ अर्ब रुपैयाँ भन्दा धेरैको स्मार्टफोन
मंगलबार, पुस ८, २०८२
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि मनाइँदै
मंगलबार, मंसिर ९, २०८२
शिक्षा
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
धनुषामा व्यवस्थित र शान्तिपूर्ण वातावरणमा एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
सुरु भयो एसइई : कोशी प्रदेशमा कस्तो छ व्यवस्थापन ?
बिहीबार, चैत १९, २०८२
कर्णालीमा ३८ हजार बढी परीक्षार्थीले दिए आजदेखि एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
समाचार
बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
आइतबार, असार ७, २०८३
लपुमनपा–१४ को कान्तिलोक पथ बाबा चोकदेखि रामस्टोरसम्मको सडक पेटीमा वृक्षारोपण
शनिबार, असार ६, २०८३
अमेरिका–इरान वार्ताको तयारी तीव्र, अमेरिकी विशेष दूत विटकोफ स्विट्जरल्यान्डतर्फ
शनिबार, असार ६, २०८३
भोटो जात्राको समयमा अनुमति बिना ड्रोन उडाउन नपाइने
शनिबार, असार ६, २०८३
आन्तरिक रोजगारी प्रवद्र्धनका लागि आगामी दशकलाई ‘नेशनल इम्प्लोयमेन्ट प्रमोशन’ दशक घोषणा गर्ने तयारी : श्रममन्त्री यादव
बुधबार, असार ३, २०८३
थप समाचार
कक्रोज जनता पार्टीको आन्दोलनमा सहभागी भए अभियन्ता सोनम वाङचुक
शनिबार, कात्तिक २२, २०७७
चीन–अमेरिका सम्बन्धको जहाजलाई सही दिशामा अगाडि बढाउन आवश्यक : सी जिनपिङ
शनिबार, कात्तिक २२, २०७७
चीन–अमेरिका सम्बन्धमा सकारात्मक संकेत
शनिबार, कात्तिक २२, २०७७
चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार बन्न चाहन्छन् : सी जिनपिङ
शनिबार, कात्तिक २२, २०७७
Subscribe Newsletter
×