ललितपुरमा भवनको नियमित अभिलेखिकरण सम्बन्धी अभिमूखिकरण 

आइतबार, असार १५, २०८२
Global Ime Bank

ललितपुर । ललितपुर महानगरपालिकाको शहरी योजना व्यवस्थापन समितिले प्रविधिकहरुलाई दुई दिने निर्माण सम्पन्न भवनको नियमित अभिलेखिकरण सम्बन्धि अभिमूखिकरण तालिम प्रदान गरेको छ । शनिबार ललितपुर महानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष जीवन महर्जनले अभिमूखीकरण तालिमले महानगरपालिका भित्र रहेका घरहरुलाई अभिलेखिकरणमा समावेश गर्न सफल हुने बताए ।  उनले भने, ‘ललितपुर महानगरपालिकामा भएका घरहरुलाई कसरी अभिलेखीकरणमा समावेश गराउन सकिन्छ भन्ने कुरामा नयाँ ढङगले जानको लागि यो कार्यक्रम गरिएको हो । कार्यक्रम सफल भएको छ ।’  उनले अभिलेखिकरणमा सबैभन्दा पहिले प्राविधिक पक्ष जोडिने भएकाले तालिममा पहिलो प्राथमिकता प्राविधिकहरुलाई दिएको जानकारी दिए ।  ‘अभिलेखिकरण सर्वप्रथम जोडिने प्राविधिक नै हो । फिल्डवर्कमा प्राविधिक नै खटिनुपर्ने हुन्छ । केही समस्या छ भने त्यसलाई बनाउनका लागि प्राविधिक नभई हुँदैन् । प्राविधिकहरु स्थानीय निकायको अंग नै हो । पहिलो प्राथमिकता प्राविधिकहरुलाई नै दिनुपर्छ,’ उनले भने ।  यस्तै, शहरी विकास महाशाखाका प्राविधिक डिभिजन अधिकृत श्रीकुमार महर्जनले नक्सा पास नगरी बनाएका घरहरुसँगै नक्सा पास गरे पनि फरक गरी बनाएका, मापदण्ड पुरा नगरेका भवनहरुलाई नियमित अभिलेखिकरण गर्नुपर्ने बताएका छन् ।  

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  ०७:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार