लपुमनपा २४ नं. वडाद्धारा अन्तर विद्यालय दौड प्रतियोगिता सम्पन्न (भिडियो)

शनिबार, असार १४, २०८२
Global Ime Bank

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडा कार्यालयले आज (शनिबार) अन्तर विद्यालय दौड प्रतियोगिता सम्पन्न गरेको छ । महानगर २४ नं. वडाको युवा तथा खेलकुद विकास समितिले वडाअध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गत अन्तरविद्यालय दौड प्रतियोगिता २०८२ आयोजना गरेको हो ।  प्रतियोगितामा वडा भित्र रहेका विभिन्न विद्यालयका विद्यार्थी तथा वडामा स्थायी बसोबास भई अन्य स्कुलमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रतियोगिता दुई क्याटगोरीमा विभाजन गरी सञ्चालन गरिएको थियो । पहिलो क्याटगोरीतर्फ १० वर्ष सम्म उमेर समूहका विद्यार्थी तथा दोस्रो क्याटगोरीमा १० वर्ष भन्दा माथिका विद्याथीहरू सहभागी गराइएको थियो । दुवै क्याटगोरी गरी आजको प्रतियोगितामा ८५ जना ( ३५ जना १० वर्ष मुनिका तथा ५० जना १० वर्ष माथि) खेलाडी विद्यार्थी सहभागी भएका थिए ।  प्रतियोगिता अन्तर्गत १० वर्ष सम्म उमेर समूहमा सुप्रिम जंग कार्की प्रथम, सुजल चौरेल द्धितिया तथा जेभिन डे तृतिया भएका छन् । १० वर्ष भन्दा माथिका विद्यार्थी (छात्रातर्फ) समृद्धि वि.क (कल्याण) प्रथम, सविता कार्की (जलपा मावि) द्धितिया तथा प्रनिशा लोहार (एकता एकेडेमी) तृतिया भइन् भने सोही क्याटागोरीको (छात्रतर्फ) स्वरुप श्रपाली (सूर्याेदय) प्रथम, उपनिश मगर (सूर्याेदय) द्धितिया तथा सुयोग राई (कल्याण) तृतीया भएका छन् । प्रतियोगितामा १० वर्ष सम्मको विद्यार्थी अन्तर्गत प्रथम हुने विद्यार्थीलाई रु ३ हजार नगद, दोस्रो हुनेलाई रु २ हजार तथा तेस्रो हुने विद्यार्थीलाई रु १ हजार नगद शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने १० वर्ष माथिका विद्यार्थी अन्तर्गत प्रथम हुनेलाई रु. ५ हजार, दोस्रो हुनेलाई रु. ३ हजार तथा तेस्रो हुनेलाई रु. २ हजार पुरस्कार प्रदान गरिएको थियो । 

kheladi-1751108200.jpg
वडाअध्यक्ष एवम्  युवा तथा खेलकुद विकास समितिका संयोजक दिनेशजंग पाण्डेले प्रतियोगिताका बिजेता खेलाडीलाई नगद पुरस्कार, शिल्ड तथा प्रमाणपत्र प्रदान गर्नु भयो । वडाअध्यक्ष पाण्डेलाई वडासदस्य इन्द्रा श्रीश, उद्धव बस्नेत तथा हरिकृष्ण महर्जन, ललितपुर महानगर कार्यपालिका सदस्य रामशरण पहेली, वडा सल्लाहकार पुरुषोत्तम पौडेल तथा युवा तथा खेलकुद विकास समितिका सदस्यले सहयोग गर्नुभएको थियो ।  १० वर्ष सम्म उमेर समूहका विद्यार्थीका लागि तीनकुने पोखरीबाट दौड सुरु भई फ्लोरिड औषधि कारखाना, भीमसेन पिपलबोट, रमेशको मासु पसल विक्रम थापाको पूजा पसल हुँदै तीनकुने पोखरी आएर सम्पन्न हुने रुट तय गरिएको थियो भने १० वर्ष माथि उमेर समूहका विद्यार्थीका लागि तीनकुने पोखरी, जलपा स्कुल, आँखीदह रायन गेष्ट हाउस, नागदह, भीमसेना माली टोली भण्डारी टोल, सूर्याेदय स्कुल, हेल्थ पोष्ट हुँदै पुन तीनकुने पोखरी आएर सम्पन्न हुने रुट तय गरिएको थियो । वडाअध्यक्ष एवम् युवा तथा खेलकुद विकास समितिका संयोजक दिनेश जंग पाण्डेले दुवै प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । प्रतियोगिता सुरु हुनुअघि आयोजित संक्षिप्त कार्यक्रममा वडाअध्यक्ष एवम् युवा तथा खेलकुद विकास समितिका संयोजक पाण्डेले अघिल्ला वर्षहरूमा पनि वडाअध्यक्ष कप प्रतियोगिता हुने गरेको यस वर्ष सवै वगलाई समेट्ने उद्देश्यले अन्तर विद्यालय स्तरीय दौड प्रतियोगितामा रुपान्तरण गरिएको जानकारी दिनुभयो । 

di-1751108200.jpg
 

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १९:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार