उपेन्द्र यादवद्वारा ‘अन्तर्राष्ट्रिय र राष्ट्रिय मजदुर आन्दोलन : एक झलक’ पुस्तक लोकार्पण

शनिबार, असार ७, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य एवं नेपालको ट्रेड युनियन आन्दोलनका अग्रज प्रचण्डकुमार पौडेलद्वारा लिखित पुस्तक ‘अन्तर्राष्ट्रिय र राष्ट्रिय मजदुर आन्दोलन : एक झलक’ लोकार्पण भएको छ । ललितपुरको बालकुमारीमा एक कार्यक्रमको आयोजना गरी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उक्त पुस्तक लोकार्पण गरेका हुन् ।  अन्तर्राष्ट्रिय र राष्ट्रिय मजदुर आन्दोलनले प्राप्त गरेका उपलब्धी र मजदुरको अवस्था तथा मजदुरहरुका चूनौतिका विषयमा केन्द्रित भएर उक्त पुस्तक प्रकाशन गरिएको लेखक पौडलले बताएका छन् ।  समाजवादी ट्रेड युनियन महासंघको आयोजना रहेको कार्यक्रममा पार्टीका उपमहासचिव रेखा यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य अर्जुन थापालगायतका नेताहरुले शुभकामना तथा बधाई मन्तव्य राखेका थिए ।  पुस्तक प्रकाशनमा विशेष सहयोग पुर्याउने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतप्रति लेखक पौडेलले विशेष आभार व्यक्त गरेका छन् ।  

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १४:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार