संसद सुचारु गराउने पक्षमा प्रधानमन्त्रीको भूमिका शून्य छ : दाहाल

मंगलबार, जेठ २७, २०८२
Global Ime Bank

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सदन चलाउने कुरामा प्रधानमन्त्रीको पहलकदमी शून्य रहेको बताएका छन् ।  संघीय संसद भवन बाहिर सोमबार बोल्दै उनले सत्ता पक्षबाट अलि लचिलो नभएको भन्दै उहाँहरूकै कारण सहमतिमा पुग्न नसकेको बताए ।  उनले भने, ‘सत्ता पक्ष आफ्नो हटबाट पछाडि हटेन । उहाँहरू समिति पनि नबनाउने, राजीनामा पनि नदिने कुरा गर्नुभयो । सत्ता पक्षबाट अलि लचिलो भएर पेश हुनुपर्ने थियो । त्यो नभएका कारण सदन चल्न सकेको छैन् । सदन चलाउने कुरामा प्रधानमन्त्रीको जुन पहलकदमी हुनुपर्ने थियो त्यो भएको छैन । उहाँहरूकै कारण सहमतिमा पुग्न सकेका छैनौं ।’ 
 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  ०७:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार