राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
राजनीति
प्रधानमन्त्री ओलीलाई सचिवालय बैठक बोलाउन दबाब
प्रधानमन्त्री ओलीलाई सचिवालय बैठक बोलाउन दबाब
नेकपा विवाद
शब्दपाटी
शनिबार, कात्तिक २२, २०७७
शनिबार, कात्तिक २२, २०७७
काठमाडौँ । तत्काल पार्टी सचिवालयको बैठक बोलाउन माग गर्दै लिखित पत्र बोकेर बालुवाटार गएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका पाँच सदस्य र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच घोचपेचपूर्ण संवाद भएको छ ।
तर, बैठक बोलाउने विषयमा ओली र असन्तुष्ट समूहबीच सहमति भने जुटेको छैन । त्यसैले नेकपाको विवादले कस्तो मोड लिन्छ भन्ने अनिश्चितता अझै कायम छ ।
धुम्बाराहीमा दोस्रो दिन छलफल गरेर एकैपटक बालुवाटार पुगेका कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सुरुमा ओलीलाई बैठक माग गर्दै लिखित पत्र बुझाए । अध्यक्ष दाहालले पृष्ठभूमि राख्दै बैठकको आवश्यकताबारे आफूनो मत राखेका थिए ।
औपचारिक बैठक बोलाए त्यहीं नै पार्टी विभाजनको विन्दु हुने ओलीको चेतावनीपछि सचिवालयका पाँच सदस्यले शुक्रबार धुम्बाराहीमा अनौपचारिक छलफल गरेका थिए । त्यसैअनुसार उनीहरुले स्थायी कमिटी निर्णय कार्यान्वयनको, कोभिड–१९ को अवस्था, राष्ट्रियताको विषय, संघीयताका मुद्दामा छलफलको माग गर्दै ओलीलाई दुई पेज लामो पत्र बुझाएका हुन् ।
प्रवक्ता श्रेष्ठले पार्टी एकता रक्षाका लागि तथा समग्र विषयमा छलफल गर्न आइतबार वा सोमबार बैठक बोलाउन लिखित आग्रह गरिएको बताए । स्थायी कमिटीको सर्वसम्मतिले निकालेको निर्णय कार्यान्वयन प्रक्रियामा समस्या उत्पन्न भएको, कार्यान्वयनको प्रक्रिया अगाडि नबढेको भन्दै सचिवालयका बहुमत सदस्यले अध्यक्ष ओलीमाथि दबाब बनाइरहेका छन् । पछिल्लो समय राष्ट्रियता र संघीय प्रणालीसम्बन्धी केही सवालमा पनि नेकपाभित्र मतभेद छ ।
छलफलमा सहभागी सचिवालयका एक सदस्यका अनुसार दाहालले भनेका थिए, ‘भदौको स्थायी कमिटीको निर्णय कार्यान्वयन भएन । समस्या पैदा भयो । अरु नयाँ समस्या पनि देखिए । बैठक बसौं भन्दा पनि तपाईं (ओली) ले मान्नु भएन । मैले औपचारिक रुपमा बैठक राख्छु भन्दा पार्टी फुटेको मान्छु र अर्को बैठक राख्छु भन्नु भयो । त्यसपछि मैले अनौपचारिक बैठक राखेँ । र अहिले म सबै साथीहरुको सुझावसहित यहाँ आएको छु । अब समग्र विषयमा छलफलका लागि बैठक गर्नुपर्यो ।’
सचिवालयका ती सदस्यकाअनुसार दाहाललाई जवाफ दिँदै ओलीले भनेका थिए, ‘तपाईं जहिल्यै जालीझेली कुरा गर्नुहुन्छ, मान्छेलाई भड्काउनु हुन्छ । गुटबन्दी गर्नुहुन्छ । गुटको कुरा लिएर आउनु हुन्छ । यसरी त कसरी हुन्छ ?’ ती नेताका अनुसार अरुको तुलनामा ओली दाहालप्रति आक्रामक देखिएका थिए ।
लगत्तै छलफलमा सहभागी अरु नेताले एकस्वरमा अध्यक्ष ओलीलाई जवाफ दिए, ‘तपाईं आफूले आफ्ना मान्छे बोलाएर छलफल गरिराख्ने, देशव्यापी जुम बैठक राख्ने, तर पार्टी बैठक राख्न नमान्ने ? अनि तपाईंले गरेको छलफल हुने अरुले गरेका गुट हुने ?’
सचिवालयका अर्का एक सदस्यले छलफलमा वरिष्ठ नेता नेपालले ओलीको कार्यशैलीमाथि प्रश्नैप्रश्न उठाएको बताए । नेपालले छलफलमा राखेको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, ‘तपाईंले (ओली) ले कुनै गल्ती नै गर्नुभएको छैन ? तपाईंले कहिल्यै आत्माआलोचना नै गर्नु नपर्ने ? यत्ति धेरै साथीहरु तपाईंको आलोचना, विरोध गर्ने ठाउँमा किन पुग्नु भयो भनेर तपाईंले आत्मालोचना गर्न नपर्ने ? सोच्न नपर्ने ? सबै राम्रै राम्रो भएको मान्छे हो तपाईं ? आफू ठीक छु भन्ने तपाईंको गल्ती कमजोरी नै यही हो । अब बैठक राखौं खुला खुला छलफल गरौं ।’
अर्का वरिष्ठ नेता खनालको भनाइ थियो, ‘सबै बैठकको निर्णय सबैले मान्नुपर्छ । बैठक गरौं । बैठकको निष्कर्षलाई सबैले मानौं ।’
पार्टी उपाध्यक्ष गौतमले ओलीमा एकपछि अर्को समस्या देखिएकाले उनलाई साथ दिन नसकिने बताएका थिए । ‘सामूहिक नेतृत्व नमान्ने कम्युनिष्ट हुनै सक्दैन । तपाईंले सामूहिक नेतृत्व मान्नु भएन । व्यक्तिवाद नै तपाईंको मुख्य समस्या हो । त्यो सबै तपाईंमार्फत अभिव्यक्त भएको छ । घटनाक्रमले त्यहीँ पुष्टि गर्यो,’ गौतमले भने,’ हाम्रो योगदानलाई तपाईंले कहिल्यै सकारात्मक मूल्याङ्कन गर्नुभएन, बरु अपमानित गर्नुभयो । हाम्रो सहयोग लिन कहिल्यै चाहनु भएन । अन्तर्घातीहरुलाई प्रोत्साहित गर्नुभयो । त्यसैले म तपाईंसँग छैन । तपाईं ठीक भएको भए तपाईंसँगै हुन्थेँ । ठीक हुनुहुन्न । जो ठीक छ, म उसकै पक्षमा छु ।’
यसअघि नेकपामा तनाव हुँदा गौतमले मध्यमार्गी बाटो लिएर ओलीको कुर्सी बचाउन सहयोग गरेका थिए ।
बैठकमा प्रवक्ता श्रेष्ठले पनि ओलीको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । सचिवालयका ती सदस्यले श्रेष्ठको भनाइ उद्धृत गर्दै भने, ‘कोभिड–१९ ले पैदा गरेको संकट समाधान हाम्रो पार्टीले गर्नुपर्छ । त्यसकारण आकस्मिक बैठक बसौं भनेर दुवै अध्यक्षलाई भने । तपाईंहरुले बैठक त राख्न पहल नै गर्नुभएन, जवाफ पनि दिनु भएन । यस्तै हुन्छ त कम्युनिष्ट पार्टी ? तपाईंहरुले कुनै जवाफ दिन नपर्ने, बैठक राख्न नपर्ने ? कम्युनिष्ट पार्टीमा हुनुपर्ने आलोचनात्मक चिन्तनलाई बुझ्न तयार नहुने तपाईं (ओली) को समस्या हो । बैठक बसेर सबै समस्याको हल खोजौं ।’
श्रेष्ठले भनाइ राखेलगत्तै ओलीले प्रवक्ताको दायरा नाघेको भन्दै आलोचना गरेका थिए । ती सदस्यका अनुसार श्रेष्ठलाई ओलीको जवाफ थियो, ‘कतिपय बेला तपाईंले पनि त प्रवक्ताको दायरा मिच्नु भएको छ नि !’
त्यसपछि फेरि सचिवालयका अन्य सदस्यहरुले बैठकका लागि अध्यक्ष ओली तयार हुनुपर्ने बताएका थिए । जवाफमा ओलीले भनेका थिए, ‘पार्टीको बैठक नराख्ने कहिले भनेको छु र ?’
लगत्तै अरु नेताले, ‘आजै बैठकको मिति तोकौं । भोलि वा पर्सि बैठक गरौं ।’ त्यसपछि ओलीको जवाफ थियो, ‘भोलि, पर्सि कहिले हुन्छ सल्लाह गरेर राखौलाँ ।
ओली बैठकको मिति तोक्न तयार भएनन् । त्यसपछि सचिवालयका नेताहरु पछि सल्लाह गर्ने भन्दै बालुवाटारबाट निस्किएका थिए । पत्र बुझाउनुअघि सचिवालयका पाँच नेताले पार्टी मुख्यालय धुम्बाराहीमा छलफलसमेत गरेका थिए । शुक्रबार कार्यकारी अध्यक्ष दाहालले सचिवालयको बोलाएको अनौपचारिक बैठकमा अर्का अध्यक्ष ओलीलाई बैठक बोलाउन आग्रह गर्दै पत्र लेख्ने निर्णय भएको थियो ।
ओली सोमबारसम्म बैठकका लागि तयार नभए कसरी अगाडि बढ्ने भन्ने विषयमा थल छलफल हुने प्रवक्ता श्रेष्ठले बताए । उनले बैठक राख्न ओली तयार हुने र त्यहीबाट समस्याको समाधान हुने आफूहरुले विश्वास लिएको पनि बताए ।
भदौ २६ मा सकिएको स्थायी कमिटी बैठकले पार्टी एकताको रक्षा गर्ने, पार्टी र सरकार सञ्चालनमा सकारात्मक परिवर्तन गर्ने, पार्टी र सरकारलाई विचार र नीतिका आधारमा सञ्चालन गर्ने, पार्टी र सरकार दुवैलाई विधि र पद्धतिका आधारमा संस्थागत ढंगले सञ्चालन गर्ने, सरकारलाई जनमुखी ढंगले सञ्चालन गरी सफल पार्ने तथा आगामी चैतमा पार्टी एकताको संक्रमणकाललाई अन्त्य गर्ने गरी एकताको राष्ट्रिय महाधिवेशन गर्नेसहितका १५ बुँदे प्रस्ताव पारित गरेको थियो ।
तर, पार्टीभित्र एकपछि अर्को विवादले स्थायी कमिटीका निर्णय कार्यान्वयनमा समस्या आएका छन् । यहीबीचमा कर्णालीमा उत्पन्न पार्टी संकट, भारतीय गुप्तचर संस्था र सेना अध्यक्षको नेपाल भ्रमण, राष्ट्रपतिको सक्रियता, लगायतका विवाद पनि नेकपामा थपिएका छन् ।
प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०७७
१८:२७
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
गोदावरी नगरपालिकाद्वारा बाढी पीडितका लागि ५० लाख आर्थिक सहायता घोषणा
नंः २
पृथ्वी राजमार्ग सञ्चालनमा, गल्छी–मलेखु खण्डमा अत्यावश्यक सवारीसाधन आवागमन सुचारु
नंः ३
चीनले तयार पार्याे बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’
नंः ४
मृतकका परिवारलाई प्रतिव्यक्ति २५ हजार, शव व्यवस्थापनमा तीन करोड
नंः ५
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समितिले मात्र गर्छ : शशांक कोइराला
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन : ज्योतिष तारा लोचन न्यौपाने
आइतबार, माघ १८, २०८२
जीवनशैली
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?
आइतबार, साउन १०, २०८३
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
शुक्रबार, चैत ६, २०८२
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
शनिबार, माघ ३, २०८२
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
शुक्रबार, पुस ११, २०८२
शिक्षा
जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालयबीच सहकार्यका लागि सम्झौता
बिहीबार, भदौ १८, २०८३
‘सरकारले सहमति तथा सम्झौता कार्यान्वयन गरेन, देशभरका शिक्षक पूरानै समस्यामा छन्’
सोमबार, साउन ११, २०८३
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
धनुषामा व्यवस्थित र शान्तिपूर्ण वातावरणमा एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
समाचार
१ हजार २५२ जनाको शव फेला, ४ हजार २१६ सम्पर्कविहीन
बिहीबार, भदौ १८, २०८३
बाढी प्रभावितका लागि अन्तर्राष्ट्रिय सहायताले राहत
बिहीबार, भदौ १८, २०८३
कृष्णभीर पहिरो : १५ दिनभित्र अस्थायी ट्र्याक खोल्ने तयारी
बिहीबार, भदौ १८, २०८३
देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)
बिहीबार, भदौ १८, २०८३
विद्यालय शिक्षा ऐन निर्माण प्रक्रिया अन्तिम चरणमा : शिक्षामन्त्री
बिहीबार, भदौ १८, २०८३
थप समाचार
रास्वपाको सचिवालय बैठक जारी
शनिबार, कात्तिक २२, २०७७
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
शनिबार, कात्तिक २२, २०७७
चार वटा संसदीय समितिको बैठक बस्दै
शनिबार, कात्तिक २२, २०७७
मंसिरमा २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव
शनिबार, कात्तिक २२, २०७७
Subscribe Newsletter
×