प्रदेश सांसदका स्वकीय सचिव अख्तियारको नियन्त्रणमा

मंगलबार, जेठ १३, २०८२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद सरोज कुमार सिंहका स्वकीय सचिव बिनोद कुमार लाल कायस्थलाई नियन्त्रणमा लिएको छ । अख्तियारले मधेस प्रदेशका सांसद सरोज कुमार सिंहसमेतले बिभिन्न उपभोक्ता समितिहरु गठन गरेको देखाई उक्त उपभोक्ता समितिका खातामा दाखिला भएको रकम आफ्नो निजी सचिव बिनोद कुमार लाल कायस्थमार्फत झिकि झिक्न लगाई उक्त रकम आफ्नो र श्रीमतीको खातामा बैंक दाखिला गरी गर्न लगाएको पाइएपछि कायस्थलाई जनकपुरबाट पक्राउ गरी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ । साथै, अख्तियारले मधेश प्रदेश सांसद सिंहको साथमा रहेको निजले प्रयोग गरी आएको बिद्युतीय उपकरणसमेत कब्जामा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १८:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार