दिगो र समावेशी खानेपानी आयोजनालाई सशक्त रूपमा अगाडि बढाउँछौँ- मन्त्री यादव

मंगलबार, जेठ १३, २०८२

हेटौँडा । खानेपानीमन्त्री प्रदीप यादवले देशमा दिगो र समावेशी खानेपानीका आयोजनाहरूलाई आगामी दिनहरूमा पनि अझ सशक्त रूपमा अगाडि बढाईने बताएका छन् । मकवानपुरको हेटौडा उपमहानगरपालिका–१६ को बृहत शक्ति खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री यादवले नेपाली नागरिकलाई सुरक्षित खानेपानी प्रदान गर्नका लागि सरकारले दिगो र समावेशी खानेपानी आयोजनाहरूलाई अझ सशक्त रुपमा अगाडि बढाउने बताए ।उनले भने- 'सरकार नेपाली नागरिकलाई स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि हरदम प्रयासरत रहेको छ । दिगो र समावेशी खानेपानी आयोजनाहरूलाई सशक्त रूपमा अगाडि बढाउने छौँ ।' सो कार्यक्रमका विशिष्ट अथिती एवं प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहले बृहत शक्ति खानेपानी आयोजना हेटौँडा लगायत आसपासका हजारौँ घरधुरीमा स्वच्छ र सुरक्षित पानी पुर्‍याउने गहिरो सोच र दीर्घकालीन योजनाको मूर्तरूप भएको बताए । बृहत शक्ति खानेपानी आयोजना सम्पन्न भए पश्चात अब यहाँका आठ हजार ७१९ जना लाभान्वित हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौँका प्रमुख पूर्णप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार यस आयोजना हेटौडा उपमहानगरपालिका–१६ का नागरिकलाई नियमित र भरपर्दो खानेपानी उपलब्ध गराउने महत्वपूर्ण माध्यम भएको र जसले जनस्वास्थ्यमा सुधार ल्याउने अपेक्षा लिईएको छ । उक्त आयोजना कुल (भ्याट, समेत) ६ करोड ६७ लाख ६७ हजार ०६३ दशमलब ९२ को अनुमानित लागतबाट निर्माण सम्पन्न भएको थियो । उक्त कार्यक्रममा राप्रपाका नेता एवं प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंह, बागमति प्रदेशका खानेपानी, उर्जा तथा सिचाईमन्त्री श्यामबहादुर खड्का, प्रदेश सांसद प्रेमबहादुर पुलामी, हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, खानेपानी मन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्य, उपमहानगरपालिका–१६ का वडाअध्यक्ष रामकृष्ण कोईराला, जनप्रतिनिधि, स्थानीयवासी लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १८:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार