कांग्रेस सभापति देउवाद्वारा प्रदर्शनमा सहभागी हुन अपिल

शनिबार, पुस ११, २०७७

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध यही पुस १३ गते कांग्रेसले आयोजना गरेको प्रदर्शनमा सहभागिताका लागि सबैमा अपिल गरेका छन् । कांग्रेसले संसद् विघटनविरुद्ध १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गर्ने निर्णय गरेको छ । 
उनले शनिबार एक अपिल जारी गर्दै पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर उक्त कदमका विरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गरेका हुन् । सो कार्यविरुद्ध कांग्रेस सम्पूर्णरुपले एकमत साथ उभिएको उल्लेख गर्दै उनले जारी केन्द्रीय कार्यसमितिको बैठकमा आफैँले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर केन्द्रीय कार्यसमितिको निर्णयपश्चात अहिले सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित रहेको बताएका छन् । यसैबीच, कांग्रेस केन्द्रीय सदस्य एवं तरुण विभाग संयोजक शंकर भण्डारी पनि पार्टी निर्णयअनुसार गृह जिल्ला तनहुँको निर्वाचन क्षेत्रमा हुने प्रदर्शनमा विरोध कार्यक्रममा सहभागी हुने शब्दपाटीलाई बताए । ‘संसद् विघटन गर्नु सरकारको गैरसंवैधानिक कदम हो । नेपाली कांग्रेसले देशैभर सरकारको यो कदमको विरोध गर्दैछ’ उनले भने, पार्टीको निर्णय अनुसार नै म गृह जिल्ला जान लगेको हुँ ।’
 

प्रकाशित मिति: शनिबार, पुस ११, २०७७  १५:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार