सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमालेले अनेरास्ववियुमा उमेर हद लागू गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू गर्ने निर्णय गरेको हो । अन्य पार्टीले पनि विद्यार्थी संगठनमा उमेर हदबन्दी लगाएपछि एमालेले अनेरास्वविुमा पनि उमेर हद लागू गरको हो । यसअघि नेपाल विद्यार्थी संघले र अनेरास्ववियु (क्रान्तिकारी) ले ३२ वर्ष उमेर हद लागू गरेका छन् । अनेरास्ववियुको महाधिवेशन यही जेठ २५ देखि २७ गते काठमाडौँमा तोकिएको छ । त्यस्तै एमालेले राष्ट्रिय युवा संघमा ४० वर्षे उमेर हद तोकेको छ ।