सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज ४० वर्षमुनिका युवाहरूसँग छलफल गर्दैछ । आज दिउँसो साँढे १ बजेदेखि राष्ट्रिय सभागृहमा हुने कार्यक्रमको नाम 'अवस्था बदल्न व्यवस्था परिवर्तन किन ? युवासँग राप्रपा' राखिएको छ । अध्यक्ष राजेन्द्र लिङदेनले आन्दोलन किन गर्न लागेको ? किन राजा ? कस्तो राजा ? युवा किन राजनीतिमा ? लगायतका प्रश्नको जवाफ दिने बताएका छन् । राप्रपाले जेठ १५ गतेदेखि गर्न लागेको राजावादी आन्दोलनको सन्दर्भमा ४० वर्षमुनिका युवाहरूसँग छलफल गर्न लागेको बताएको छ । यस कार्यक्रममा राजतन्त्र बारे युवाहरुको जिज्ञासाको जवाफ दिने र आन्दोलनबारे उनीहरुको राय लिने राप्रपाले बताएको छ ।