एमालेबाट निर्वाचित वागमति प्रदेशका वडा अध्यक्षसँग पार्टी पदाधिकारीको छलफल 

सोमबार, जेठ १२, २०८२

newskarkahna-news858083.-1748225868.jpg
काठमाडौं । नेकपा एमालेबाट बागमती प्रदेशका पालिकाका वडामा निर्वाचित वडाअध्यक्षहरुसँग पार्टीका पदाधिकारीले छलफल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भेलाको आइतबार गोदावरीमा उदघाटन गरेका हुन् । गोदावरीस्थित होटल भ्यू भृकुटीमा आयोजना गरिएको भेलामा एमालेबाट निर्वाचित बागमतीका सबै वडाअध्यक्षहरु सहभागी रहेका थिए ।  निर्वाचित जनप्रतिनिधिको सबैभन्दा तल्लो निकायका रुपमा वडाअध्यक्षहरुसँग एमाले र वर्तमान सरकारप्रति आम जनताको धारणा बुझ्ने र त्यसलाई सम्बोधन गर्न वडा तह देखि केन्द्रतहसम्म नै रणनीति बनाउने तयारी स्वरूप सो भेला आयोजना गरिएको हो । बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईका अनुसार पार्टीको संगठन विस्तारका लागि जनताका अपेक्षाहरु संकलन गरेर त्यस अनुसार नीति तथा कार्यक्रम तय गर्नका लागि वडाअध्यक्षहरुको भेला बोलाइएको हो । भेलामा बागमतीका १० वटा जिल्लाबाट एमालेबाट निर्वाचित ३५९ जना वडाअध्यक्षहरु सहभागी छन् । भेला आज पनि जारी रहने छ । 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  ०८:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार