Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

कैलालीवाट नक्कली असइ पक्राउ

आइतबार, जेठ ११, २०८२

कैलाली । ब्यूरोबाट खटि आएको असई हुँ भन्दै ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–५ शिवनगर बस्ने २६ वर्षीय निराजन थापा पक्राउ परेका हुन् । धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित धामी होटलका सञ्चालकलाई विगत २–३ दिन देखि पटक पटक ब्यूरोबाट खटि आएको असई भन्दै रकम मागेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न थापालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १४:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार