सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले देशमा विकृती विसङगती आउन नेता मात्र जिम्मेवार नभई जनता पनि जिम्मेवार रहेको बताएका छन् । शनिबार गणतन्त्रबारे अन्तरक्रियात्मक भेटघाट कार्यक्रममा बोल्दै उनले चुनावबाट जनताले नेतालाई भ्रष्टाचारका लागि अवसर दिएको बताएका हुन् । उनले भने, ‘हाल देशमा विकृती विसङगती आउन राजनेता मात्र जिम्मेवार छन् भनेर म भन्दिन । पटक–पटक चुनावहरु हेरिरहेको छु । संसदमा पनि हेरिरहेको छु । देशलाई गलत दिशातिर लानलाई धेरैथोरै राजनीतिक पार्टी जसले जनताको अगुवाइ गर्छन्, प्रशासनमा बस्छन् । चुनावबाट आएर पाँच वर्ष भष्ट्राचार गर्छन । अनि त्यही पैसा लगेर फेरी चुनावमा बाँड्छन् । फेरि तीनैलाई लाइसेन्स दिएर जनताले त्यही भष्ट्रचार गर्ने ठाउँमा पठाएको पनि हामीलाई थाहा छ ।’ उनले लोकतन्त्र र गणतन्त्र अप्ठारोमा परेको भन्दै लोकतन्त्रवादीहरुले भ्रष्टाचार गर्नेहरुलाई कडाइका साथ कारवाही गरी हटाउनसक्ने बताए । उनले छोटो समयमा जनताको चाहना अनुरुप नेता फेरबदल गर्न सक्ने तर व्यवस्था वा संस्था परिवर्तन गर्न लामो समय संघर्ष गर्नुपर्ने बताए । उनले नेता, कार्यकर्ता र प्रशासनमा बस्नेहरुको चिन्ता कमाउनेमा मात्र सिमित भएकाले मुलुकले यस्तो दुर्दशा व्यहोरेको बताए ।