जेठ १५ गतेको आन्दोलनमा सहभागी हुन राजावादीको आह्वान 

देश बिग्रिन नदिन आन्दोलनमा सबै सहभागी हुनुपर्छ : राजेन्द्र लिङ्देन
शनिबार, जेठ १०, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई बिग्रिन नदिनको लागि र भविष्य बिग्रिन नदिनको लागि सबैले आन्दोलनमा सहभागी हुनुपर्ने बताएका छन् । राजसंस्था पुनः स्थापनाको लागि घरदैलो तथा प्रचारप्रसार कार्यक्रममा बोल्दै उनले जेठ १५ गतेको आन्दोलनमा देशवासी नै  सहभागी हुनुपर्ने बताएका हुन् । उनले भने, ‘नेपालको भविष्य बर्वाद हुनेवाला छ । यसकारण यो देशलाई बिग्रिन नदिनको लागि, भविष्य बिग्रिन नदिनको लागि सबैले आन्दोलनमा आउनुपर्छ । यो आन्दोलन नेतृत्व गर्नेको मात्र होइन यो आन्दोलन हामी सबैको साझा आन्दोलन हो । देशवासीको आन्दोलन हो ।’ साथै उनले जनताको एक दिनको धक्काले र योगदानले यो  भ्रष्ट व्यवस्था ढल्ने बताए । उनले शान्तिपूर्ण आन्दोलनमा कुनै पनि हिंसात्मक कार्यहरु गर्न नदिन सरकारलाई  आग्रह गरे । उनले भने, ‘तपाईंको एक दिनको धक्काले र योगदानले यो  भ्रष्ट व्यवस्था ढल्छ । र सबैको  भविष्य सुरक्षित हुन्छ ।  हामी शान्तिपूर्ण आन्दोलन गर्छौं । यो  शान्तिपूर्ण  आन्दोलनमा सरकारलाई हामी  कुनै  हिंसात्मक कार्यहरु गर्न नदिनको लागि आग्रह गर्न चाहन्छौं ।’
 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  २०:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार