सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भटटराईले भिजिट भिसामा जानेहरु श्रम मन्त्रालय तथा मातहतको विभागहरुको सरोकारको बिषय नरहेको बताएका छन । शुक्रवार विभाग पुगेका सन्चारकर्मीहरुसँग कुराकानी गर्दै महानिर्देशक भटटराईले भिजिट भिसा लिएर विदेश जानेसँग श्रम मन्त्रालय तथा मातहतका कुनै पनि निकायसँग कुनै पनि सरोकार नरहेको बताएका हुन । उनलेने भने, ‘भिजिट भिसा लिएर जानेहरुसँग हाम्रो मन्त्रालय र विभागहरुको कुनै पनि सरोकार छैन । त्यो बिषय विशुद्ध अध्यागमनको क्षेत्राधिकारभित्र पर्दछ । हामीले केवल श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जानेहरुको हकमा मात्रै हाम्रो सरोकार रहन्छ ।’ महानिर्देशक भटटराईले श्रम स्वीकृति लिएर जाने कामदारहरुले विभागबाट श्रम स्वीकृति लिन निकै सास्ती भोग्नु परेको अवस्थामा हाल आएर त्यसलाई छिटोछरितो र समस्या रहित श्रम स्वीकृति प्रदान गर्न विभागले तदारुकताका साथ काम अगाडि बढाएको बताए । ‘वैदेशिक रोजगारका लागि जाने श्रमिकले एप्लाई गरेकै दिन श्रमस्वीकृति प्रदान गर्ने व्यवस्था गरेका छौ । अझै चुस्तदुरुस्त बनाउन प्रयासरत छौ । यसले श्रम स्वीकृतिका लागि काम गरी रहेका विचौलियाहरुको चेन ब्रेक गर्नेछ । हामी व्यापक सुधारका लागि काम गरी रहेका छौं’, उनको भनाई छ । सन्चारकर्मीले कोरिया जानेहरुको बिषयमा सोधिइएको एक अर्काे प्रसंगमा महानिर्देशक भटटराईले कोरियाका लागि इ ९ र इ ७ भिसा फरक फरक भएको बताउँदै यसको बिषयमा कोरिया जाने कामदारबीच कुनै पनि दुविधा गर्न नहुने बताए । उनले भने, ‘अहिले कतिपयलााई कोरियाका लागि इ ९ र इ ७ भिसा बारेमा चिन्ता गरेको देखिएको छ । यसमा दुविधा हुनुहुँदैन, यि दुई क्याटोगरीका भिसाहरु फरक किसिमका हुन । दुवै क्याटोगरीमा जान मिल्छ । बरु, उल्टै बढीले कोरिया जाने अवसर प्राप्त गर्नेछ ।इ ९ भिसा कोरिया सरकारको श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धीत र जारी गर्नेछ भने इ७ भिसा कोरिया सरकारकै न्याय मन्त्रालयद्धारा जारी गरिने भिसा तथा सम्बन्धीत छन । भखैरै कोरियाबाट आएका प्रतिनीधिसँग हामीले गम्भीरतापूर्वक छलफल गरेका छौं ।’ महानिर्देशक भटटराईले वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित र सम्मानित बनाउन कुनै पनि कसर बाँकी नराख्ने प्रबिद्धता व्यक्त गर्दै थालिएका सुधारका संकेत सबैले महसुस गरिने विश्वास व्यक्त गरे ।
गृह मन्त्रालय तर्किँदै, आन्तरिक छानबिनमा अध्यागमन भिजिट भिसामा सेटिङ भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा छापा मार्यो । छापा मार्ने क्रममा शङ्कास्पद लागेपछि अख्तियारले कार्यालयका प्रमुख अध्यागमन अधिकृत ९सहसचिव० तीर्थराज भट्टराईलाई नियन्त्रणमा लियो । अख्तियारले उनको मोबाइल र कम्प्युटरको डिभाइस अनुसन्धान गर्न ‘फरेन्सिक ल्याब’मा पठाएको छ । उनीसँगै भिजिट भिसामा सेटिङ गर्ने गरेको सूचना र उजुरीका आधारमा त्यसैदिन अख्तियारले ‘द होलिडेज’ ट्राभलका सञ्चालक बालकृष्ण पौडेल र अर्का एक जना खगेन्द्र सुवेदीसहित चार जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई तारेखमा छोडिए पनि उनीहरूसँग सम्बन्धित डिभाइस आयोगले अनुसन्धानका लागि ‘फरेन्सिक ल्याब’ मा पठाएको छ । भट्टराईलाई अध्यागमन कार्यालयमा अख्तियारले कार्यालयमा छापा मार्नुभन्दा एक दिन अगाडि गृहमन्त्री स्तरीय निर्णयबाट मन्त्रालयमा तानेर पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई प्रमुख अध्यागमन अधिकृत बनाएर पठाइएको थियो । तर भट्टराईले रमाना बुझिनसकेकाले कार्यालयमै रहेको बेलामा अख्तियारले छापा मारेर उनीलाई नियन्त्रणमा लियो भने उनीसँग सम्बन्धित डिभाइस छानबिन गरिरहेको छ । भट्टराई मात्र होइन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले अहिलेसम्म दुई पटक गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट ९ नायब सुब्बा, चार कम्प्युटर अपरेटर र एक सहायक कम्प्युटर अपरेटरलाई तानेर अन्यत्र पठाएको छ । मन्त्रालय निकट स्रोतले भिजिट भिसामा सेटिङ गर्न कार्यालय प्रमुख भट्टराईको प्रमुख हात रहेको र उनलाई अहिले तानिएका नायब सुब्बाहरू र कम्प्युटर अपरेटरहरूले साथ दिएका थिए । सरुवा भएका नायब सुब्बा र कम्प्युटर अपरेटरहरूलाई कार्यालय प्रमुख भट्टराईले छुट्टाछुट्टै सिफ्टमा खटाएका र कुनै सेटिङको काम गर्न परेमा उनीहरू मार्फत नै गर्ने गरेको सूचनाका आधारमा सरुवा गरिएको स्रोत बताउँछ । तर, गृह मन्त्रालयको नेतृत्वले भिजिट भिसाबारे अख्तियारले छापा मारेको तीन दिन भइसक्दा पनि मन्त्रालयको तर्फबाट घटनाबारे अनुसन्धानका लागि कुनै चासो दिएको छैन । गृहमन्त्री रमेश लेखक र गृह सचिव गोकर्णमणि दुवाडी मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन जनकपुरधाम पुगेका छन् । उनीहरू भोलिमात्र फर्कने कार्यक्रम छ । जनकपुरमा रहेका गृह सचिव दुवाडीलाई घटनाबारे सोध्दा आफू जनकपुरमा प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा रहेकाले अध्यागमन हेर्ने मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखसँग सोध्न आग्रह गरे । ‘म प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा जनकपुरमा छु । मन्त्रालयबाट अध्यागमन हेर्ने सुरक्षा तथा समन्वय महाशाखा प्रमुखलाई सोध्नुस् न,’ सचिव दुवाडीले भने, ‘म अलि धेरै अपडेट हुन पाएको छैन ।’ त्यसपछि मन्त्रालयका प्रवक्तासमेत रहेका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव रामचन्द्र तिवारीलाई मन्त्रालयले दिएको अफिसियल नम्बरमा फोन गर्दा उनको फोन फरवार्ड भएर सूचना अधिकारी उपसचिव रविन्द्र आचार्यकोमा पुग्यो । सूचना अधिकारी आचार्यले आफू पनि प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा जनकपुर नै भएको जानकारी दिए । महाशाखा प्रमुख सहसचिव तिवारी मन्त्रालयको कार्यक्रममा केही दिनदेखि टर्कीमा रहेको मन्त्रालयका एक अधिकृतले जानकारी दिए । फर्किन केही दिन लाग्ने पनि ती अधिकृतको भनाइ छ । आन्तरिक छानबिनमा अध्यागमन विभाग अध्यागमन कार्यालयहरूको नेतृत्व गर्ने अध्यागमन विभागले भने अख्तियारले छापा मारेको र आरोप लागेको विषयमा आन्तरिक रूपमा छानबिन गर्ने काम गरिरहेको छ । विभागले त्यहाँ कार्यरत कर्मचारीहरूसँग घटनाबारे अनौपचारिक रूपमा सोधपुछ गर्ने काम भइरहेको जनाएको छ । औपचारिक छानबिन भने संवैधानिक आयोगले नै गरिरहेकाले आवश्यक नरहेको विभागको भनाइ छ । विभागका महानिर्देशक गोविन्द रिजालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा र भिजिट भिसामा सेटिङ गरेको भन्दै लागिरहेको आरोपका बारेमा कर्मचारीहरूसँग सोधपुछ गरिरहेको जानकारी दिए । ‘औपचारिक छानबिन त हामीभन्दा माथिल्लो निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छ । हामीले त्यस कार्यालयमा काम गर्ने कर्मचारीहरूसँग सोधपुछ गरिरहेका छौँ,’ महानिर्देशक रिजालले रातोपाटीसँग भने, ‘केही कर्मचारीको मन्त्रालयले सरुवासमेत गरिसकेको छ । बाँकी के भएको हो रु बुझ्ने काम भइरहेका छ ।’
सेटिङ मन्त्रालयसम्मै भएको आशंका
अख्तियार निकट स्रोत भने भिजिट भिसा सेटिङको जालो मन्त्रालयसम्म नभई कार्यालयले मात्र यति ठुलो काम गर्न नसक्ने बताउँछ । प्रमुख अध्यागमन अधिकृत भट्टराईसहितका नियन्त्रणमा लिएर छाडिएकाहरूसँग सम्बन्धित मोबाइल र डिभाइसको ‘फरेन्सिक ल्याब’ रिपोर्ट आएपछि कनेक्सनको जालो कहाँसम्म पुग्छ भन्ने पत्ता लाग्ने अख्तियारमा यो घटना हेरिरहेका एक अनुसन्धान अधिकृतले बताए । ‘घटनाको प्रकृति हेर्दा सेटिङको जालो मन्त्रालयसम्म रहेको हाम्रो आशंका छ । कहाँसम्म कस्तो कनेक्सन छ रु त्यो त मोबाइल र डिभाइसको ‘फरेन्सिक ल्याब’ रिपोर्ट आएपछि थाहा हुन्छ,’ ती अधिकृतले रातोपाटीसँग भने । प्रारम्भिक अनुसन्धानका क्रममा गृह मन्त्रालयका उच्च पदस्थ अधिकारी र गृहमन्त्रीको सचिवालयका कर्मचारीहरूसँग प्रमुख अध्यागमन अधिकृत भट्टराईको राम्रै उठबस देखिएकाले उनीहरूसम्म पनि अनुसन्धानको राडार पुग्न सक्ने स्रोतको दाबी छ ।