सञ्चार क्षेत्र र शहिद परिवारलाई विशेष ध्यानमा राखेर बजेट आउने छ : गृहमन्त्री लेखी

बिहीबार, जेठ ८, २०८२

जनकपुर । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले प्रदेश सरकारले सञ्चार क्षेत्र र शहिद परिवारलाई विशेष ध्यानमा राखेर बजेट ल्याउन लागेको जानकारी दिएका छन् । जिल्ला तथा प्रदेशका पत्रकारहरुसंग छलफलका क्रममा मन्त्री लेखिले बजेट निर्माको कार्य तीव्र गतिमा भइरहेको बताए ।  उनले पत्रकार र सञ्चारमाध्यमहरुका लागि विशेष प्याकेजहरुको व्यवस्ता गर्ने जानकारी दिए । पत्रकारको दुर्घटना बीमालाईका साथै प्रदेशका ज्येष्ठ पत्रकारहरूको सम्मानलगायतका कार्यक्रमहरु ल्याउन लागेको बताए ।  उनले आठवटै जिल्लाका पत्रकार महासंघका लागि फर्निचर र उपकरणहरु प्रदान गर्ने गरी बजेटमा समावेश गर्न लागेको सुनाए ।
त्यस्तै, बजेटमा शहिद परिवारका सदस्यहरुका लागि विशेष प्याकेज र सुविधाहरुको व्यवस्था गरिएको उनले बताए ।  सहिद परिवारका छोराछोरीहरुलाई छात्रवृती, रोजगारिका लागि शिपमुलक प्रशिक्षण, प्रशिक्षण पश्चात शिप अनुसारको सामग्री हस्तान्तरण लगायतको व्यवस्था अबको बजेटमा गरिने मन्त्री लेखीले जानकारी दिए । उनले नीति तथा कार्यक्रमको तयारी अन्तिम चरणमा पुगिसकेको र जेठ १५ लगतै प्रदेश सरकारले बजेट प्रस्तुत गर्ने बताए ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १०:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार