विद्यालय शिक्षा विधेयकलाई चाँडो टुङ्गोमा पु‍र्‍याउनु पर्छ : शिक्षामन्त्री पन्त

बुधबार, जेठ ७, २०८२

काठमाडौं । बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा छलफल भएको छ । आज समितिको बैठक कक्षमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल भएको हो ।  उक्त छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक, २०८० लाई टुङ्गोमा पु‍र्याउन आफू गम्भीर भएर लागेको बताए । उनले  निरन्तर छलफल गरि विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पु‍र्याउन आफू गम्भीर रहेको बताए । उनले भने, ‘विद्यालय शिक्षा विधेयक, २०८० लाई टुङ्गोमा पु‍र्याउन म गम्भीर तरिकाले लागेको छु । निरन्तर छलफल गरेर यो विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पु‍र्याउनुपर्छ । विधेयकको छलफल सोमबारसम्म जारी नै राखौं । कतिपय विषयहरु छन् तर  विषयहरु भए पनि छलफललाई लम्ब्याँउ भन्न खोजेको होइन । राजनीतिक तहमा पनि मैले विद्यालय शिक्षा विधेयकलाई सहमति नजिक पुर्याउन खोजेको छु ।’ साथै, विधेयकमा रहेका कतिपय विषयमा राजनीति तहमा पनि सहमति खोज्नुपर्ने देखिएको उनले बताए । मन्त्री पन्तले विधेयकमा सहमति भएका विषयलाई अघि बढाउने र सहमति हुन नसकेका विषयमा अन्तिममा टुङ्गोमा पुर्‍याउने गरि छलफल अघि बढाउन सुझाव दिए ।  समिति सभापति अम्बर बहादुर थापाले जेठ १५ गते बजेट आउनुअघि नै विधेयकलाई टुङ्गोमा पु‍र्‍याउनुपर्नेमा जोड दिए । उनले अनिवार्य शिक्षा क्षेत्रका सुधारका लागि राज्यलाई एकैपटक भार नपर्ने गरि चरणबद्ध रुपमा सुधारका योजना ल्याउनुपर्ने जिकिर गरे । 

Photo-(3)-(2)-1747830427.jpg
 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १८:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार