असल अभ्यास सिक्न बझाङको बित्थडचिरका जनप्रतिनिधि ललितपुर महानगरमा 

बुधबार, जेठ ७, २०८२
Global Ime Bank

ललितपुर । सुदुर पश्चिम प्रदेशको बझाङ जिल्लामा अवस्थित  बित्थडचिर गाउँपालिकाका जनप्रतिनिधि ललितपुर महानगरको असल अभ्यास बारे छलफल गर्न आएका छन् । गाउँपालिका उपाध्यक्षको नेतृत्वमा धनलक्ष्मी सिंह मल्लको नेतृत्वमा १८ जनाको टोली महानगर आएको हो । उननीह‌लाई महानगरका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य  बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले स्वागत गरे । ललितपुर महानगरका प्रमुख– चिरीबाबु महर्जनले सार्वजनिक ऐलानी, पर्ति ,जग्गा संरक्षण गर्न सुझाव दिए । उनले भने, ‘काठमाडौं उपत्यकाले गरेको गल्ती नदोहो¥याउनुस्’  ललितपुर महानगरले गरेको असल अभ्यासहरुलाई महत्व दिएर ललितपुर आएकोमा उनीहरुलाई महानगर प्रमुखले धन्यवाद दिए । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले असल अभ्यास सिक्नका लागि ललितपुरलाई रोजाईको पालिका बनाएकोमा बित्थडचिर गाउँपालिकाका जनप्रतिनिधिलाई धन्यवाद दिइन् । उनले न्यायिक समितिमा आएका मुद्दाहरु तीन महिना भन्दा बढी नरहने बताउँदै, समयमै छिनोफानो गर्ने गरेको बताइन् । कानुनी रूपमा वडा तहसम्म सचेतना आवश्यक भएको बताउँदै तालिमको व्यवस्था गरेको बताइन् । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले वडा तहमा मेलमिलापकर्ताको समेत व्यवस्था गरेको जानकारी गराइन् । प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले ललितपुर महानगरमा अनुकरणीय कार्य भएको बताउँदै जनप्रतिनिधि र कर्मचारीबीचको एकता समेत असल अभ्यासको एक नमुना भएको बताइन् ।

WhatsApp-Image-2025-05-21-at-12.16.01-(1)-1747809638.jpeg
जनप्रतिनिधिको अभिभावकत्व र मोटिभेसनले महानगरपालिकामा काम प्रभावकारी भएको बताइन् । बित्थडचिर गाउँपालिकाका उपाध्यक्ष धनलक्ष्मी सिंह मल्लले असल अभ्यास सिक्नका लागि ललितपुर महानगरलाई रोजेको बताइन् । उनले आफ्नो पालिकामा जनशक्ति र विज्ञको अभावमा न्यायिक समितिले प्रभावकारी ढंगबाट काम गर्न नसकेकोमा दुख व्यक्त गरिन् । बित्थडचिर गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ९ का वडा अध्यक्ष हरिशचन्द्र जोशीले महानगरसँग सिक्न पर्ने असल अभ्यास धेरै भएको बताए । उनले महानगरबाट प्राविधिक सहयोग र सुझाव अपेक्षा गरेको धारणा राखे । उनीहरुले महानगरमा भएका राम्रा कामको बारेमा चर्चा गरेका थिए ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १२:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार