सोसल मिडिया
Contact Us
युनिकोड
रुकुमपूर्व । बैतडीको पाटनबाट सुरु भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान झरीका बीच लुम्बिनी प्रदेशमा प्रवेश गरेको छ। मध्यपहाडी क्षेत्रमा हाल वर्षा भइरहेको अवस्थामा अभियान टोली रुकुम पश्चिम हुँदै रुकुमपूर्व प्रवेश गरेको हो । अभियानको क्रममा बैतडीको पाटनमा फहराइएको राष्ट्रिय झण्डा र कम्युनिष्ट पार्टीको झण्डा कर्णाली प्रदेश टोलीले लुम्बिनी प्रदेश टोलीलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ। अभियानको अन्तिम गन्तव्य सोलु (सोलुखुम्बु) मा पुगेर अभियानको समापन गरिनेछ । नेकपा माओवादी केन्द्रले तराईको हुलाकी मार्ग केन्द्रित अभियान र मध्यपहाडी लोकमार्ग अभियानलाई जनतासँग तथा वर्गीय आधारमा पार्टीको सम्बन्ध सुदृढ गर्ने राजनीतिक जागरणको अभियानको रूपमा लिएको छ। मुसिकोटको साँखाबाट बिदाइ यसअघि माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गतको टोलीलाई मुसिकोट नगरपालिका–७, साँखाबाट बिदाइ गरिएको थियो । कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्लले अभियान टोलीका नेता तथा पार्टी अध्यक्ष प्रचण्डलाई भेडाको ऊनबाट बनेको स्थानीय उत्पादन उपहार स्वरूप प्रदान गर्दै बिदाइ गरेका हुन् । स्थानीय संस्कृतिको प्रवर्द्धन र उत्पादनप्रति सम्मानस्वरूप दिइएको सो उपहारले अभियानको आत्मीयता र जनसङ्गठनबीचको सम्बन्ध झल्काउ छ ।